मन्थली बचत तथा ऋण सहकारी सस्थाको २३ औं साधारण सभा सम्पन्न खुद मुनाफा मात्र ७० लाख

Written by meropradesh creator

१३ मंसिर २०७७, शनिबार

मंसिर १३, रामेछाप
मन्थली बचत तथा ऋण सहकारी सस्थाले २३ औं साधारण सभा सम्पन्न गरेको छ । थोरै पूँजी तथा सीमित ब्यक्ति बाट २३ वर्ष अगाडी स्थापना भएको सहकारीले यस बर्ष मात्र ७० लाख ४९ हजार २ सय १० खुद नाफा गर्न सफल भएको सहकारीका कोषाध्यक्ष टिका प्रसाद भट्टले बताउनु भयो ।
उहाँले कोरोना भाइरसको जोखिमका कारण अझै सस्थालाई बित्तिय सुंचाकमा असर परेको बताउनु भयो । शुरुमा ६८ जना मिलेर ६ हजार ८ सय शेयर पँुजी बाट शूरु गरेको संस्थामा हाल १३ हजार १ सय ८२ जना सदस्य रहनुका साथै ८ करोड ६३ लाख ९५ हजार ४ सय सस्थाको शेयर पँुजी रहेको कोषध्यक्ष भट्टले बताउनु भयो ।
सहकारीका अध्यक्ष ध्रुब प्रसाद सुवेदीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मन्थली नगर पालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका सहकारीहरु संग सहर्काय गरेर अगाडी बड्न तयार रहेको भन्दै सहकारीले अझ बढी आयमुलक ठाउमा लगानी गरेर नगरपालिकालाई सहयोग गर्न अनुरोध गर्नु भयो । जिल्लाकै सबै भन्दा ठुलो सहकारी भएको भन्दै अझै देशभरकै ठुलो सहकारीको रुपमा मन्थली बचत तथा ऋण सहकारी सस्थालाई चिनाउन नगर पालिकाले खेल्न पर्ने भुमिका आफुले खेल्ने नगर प्रमुख बस्नेतले बताउनु भयो ।
संस्थाका सचिब गोबिन्द प्रसाद घिमिरेले सस्थामा भाखा नागेका ऋण असुलीका लागी कर्मचारी संचालक समिती ऋण उपसमिती घर दैलोमा पुगी अनुरोध गर्दा समेत सम्पर्कमा आएर ऋण नतिर्ने ऋणीहरुको नाम सार्बजनीक गर्ने र लिलाम प्रक्रिया बाट ऋण असुल उपर गर्ने तयारी भइरहेका भन्दै सहकारीको सम्पर्कमा आएर भाखा नागेको ऋणको साँवा तथा ब्याज बुझाउन समेत अनुरोध गर्नु भयो ।
संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुबेदीले २३ औं साधारण सभालाई सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमको कारण विगतमा भन्दा फरक तरिका बाट संचालन गर्न परेको बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...