मन्थली बचत तथा ऋण सहकारी सस्थाको २३ औं साधारण सभा सम्पन्न खुद मुनाफा मात्र ७० लाख

Written by meropradesh creator

१३ मंसिर २०७७, शनिबार

मंसिर १३, रामेछाप
मन्थली बचत तथा ऋण सहकारी सस्थाले २३ औं साधारण सभा सम्पन्न गरेको छ । थोरै पूँजी तथा सीमित ब्यक्ति बाट २३ वर्ष अगाडी स्थापना भएको सहकारीले यस बर्ष मात्र ७० लाख ४९ हजार २ सय १० खुद नाफा गर्न सफल भएको सहकारीका कोषाध्यक्ष टिका प्रसाद भट्टले बताउनु भयो ।
उहाँले कोरोना भाइरसको जोखिमका कारण अझै सस्थालाई बित्तिय सुंचाकमा असर परेको बताउनु भयो । शुरुमा ६८ जना मिलेर ६ हजार ८ सय शेयर पँुजी बाट शूरु गरेको संस्थामा हाल १३ हजार १ सय ८२ जना सदस्य रहनुका साथै ८ करोड ६३ लाख ९५ हजार ४ सय सस्थाको शेयर पँुजी रहेको कोषध्यक्ष भट्टले बताउनु भयो ।
सहकारीका अध्यक्ष ध्रुब प्रसाद सुवेदीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मन्थली नगर पालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका सहकारीहरु संग सहर्काय गरेर अगाडी बड्न तयार रहेको भन्दै सहकारीले अझ बढी आयमुलक ठाउमा लगानी गरेर नगरपालिकालाई सहयोग गर्न अनुरोध गर्नु भयो । जिल्लाकै सबै भन्दा ठुलो सहकारी भएको भन्दै अझै देशभरकै ठुलो सहकारीको रुपमा मन्थली बचत तथा ऋण सहकारी सस्थालाई चिनाउन नगर पालिकाले खेल्न पर्ने भुमिका आफुले खेल्ने नगर प्रमुख बस्नेतले बताउनु भयो ।
संस्थाका सचिब गोबिन्द प्रसाद घिमिरेले सस्थामा भाखा नागेका ऋण असुलीका लागी कर्मचारी संचालक समिती ऋण उपसमिती घर दैलोमा पुगी अनुरोध गर्दा समेत सम्पर्कमा आएर ऋण नतिर्ने ऋणीहरुको नाम सार्बजनीक गर्ने र लिलाम प्रक्रिया बाट ऋण असुल उपर गर्ने तयारी भइरहेका भन्दै सहकारीको सम्पर्कमा आएर भाखा नागेको ऋणको साँवा तथा ब्याज बुझाउन समेत अनुरोध गर्नु भयो ।
संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुबेदीले २३ औं साधारण सभालाई सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमको कारण विगतमा भन्दा फरक तरिका बाट संचालन गर्न परेको बताउनु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...