रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था द्वारा पत्रकार रमेश ढुंगेल सम्मानित भएका छन् । सहकारीले आफ्नो २५ औं बार्षिक साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष ढुंगेले पत्रकारीता मार्फत सहकारी अभियानलाई नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सहकारीले सम्मान गरेको हो ।
पत्रकार ढुंगेललाई सहकारीले नगद सहित प्रमाण पत्र द्वारा सम्मान गरेको छ । ढुंगेल नेपाल पत्रकार महासंघ रामेछाप जिल्लाको निवर्तमान जिल्ला अध्यक्ष समेत हुन् । उनि हाल हिमालयन टेलिभिजनमा जिल्ला सम्बाददाताको रुपमा रहेर रामेछाप बाट पत्रकारीता गरिरहेका छन् भने नेपाल अभियान नामक अनलाइनका सम्पादक समेत हुन् । सहकारीले प्रत्यक बर्ष सहकारीको क्षेत्रमा पत्रकारीता मार्फत विशेष योगदान दिने एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणको कारोवार गर्ने सदस्य लगाएत बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) सदस्यलाई समेत सम्मान गरेको छ । साथै संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमलवहादुर तामाङलाई समेत सम्मान गरेको छ । सहकारीले २४ औं बार्षिक साधारण सभामा पत्रकार दिपक भट्टलाई सम्मान गरेको थियो ।









