रामेछाप । जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौं सम्मको यातायात भाडा दर तोकिएको छ । बागमती प्रदेश सरकारले रामेछाप लगायत १३ जिल्लाको भाडा दर कायम गरेको छ । बागमती प्रदेश सरकारले जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौंको भाडा दर ५ सय ७५ कायम गरेको छ ।
प्रदेश सरकारले तोकेको भाडा दर कायम गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रामेछापले यातायात व्यवसायिहरुलाई आग्रह गरेको छ । शुक्रवार बाट नयाँ भाडा दर लागु गर्न सम्पूर्ण सार्वजनिक यातायात व्यवसायिहरुलाई अनुरोध गरिसकेको र अटेर गरेर नयाँ भाडा दर कायम नभए कानुन अनुसार कार्वाहि गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम प्रसाद पराजुलीले बताए । जिल्ला भरीका लागी भने जिल्ला प्रशासन कार्यालय रामेछापले यस भन्दा पहिले नै भाडा दर कायम गरिसकेको छ ।
जिल्ला भित्रका भाडा दर