मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सव ः विविध कार्यक्रम सहित सम्पन्न

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिक उत्सव शनिवार मनाएको छ । अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा खुला म्याराथन प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, रक्तदान गर्नका साथै उत्कृष्ट कर्मचारी सम्मान लगायत कार्यक्रम आयोजना गरेको छ । खुला म्याराथन प्रतियोगिता मन्थलीको भैंसेश्वर स्थित रण जोर खोला पुलबाट आकाशे पुलसम्म गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एव नेपाली काँग्रेसका सभापति पूर्णबहादुर तामाङ९कान्छाराम० ले मन्थली अस्पतालको व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकार सँग सहयोगको अपिल गर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य कान्छारामले अस्पतालको विकासका लागी नगरपालिकाले मात्र सबै खाले विकास गर्न नसक्ने भन्दै सङ्घीय सरकार र प्रदेश सरकारले के गर्न पर्ने हो आफू सरकार सँग अनुरोध गर्न तयार रहेको बताए । 

जिल्लाको सदरमुकाममा रहेको अस्पताल भएकोले रामेछापको सबै स्थानीय तह र दोलखा ओखलढुङ्गा जिल्लाको बिरामीहरूको समेत केन्द्र भएकोले यस अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन  सबै लागी पर्नु पर्ने बताए । कार्यक्रममा बागमती प्रदेश प्रतिनिधि तारानारायण श्रेष्ठ, युवराज चैलागाई, आनन्द कुमार श्रेष्ठ लगायतले अस्पतालको विकासका लागी आफूहरू लागी पर्नै बताएका छन् ।

त्यस्तै गरी मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले शिक्षा र स्वास्थ्यमा राजनीति कसैले पनि गर्न नहुने बताए । मन्थली अस्पतालको विकासको लागि सबैले सकेको सहयोग गर्नुपर्नेमा श्रेष्ठले जोड दिए । अस्पताल लगायत मन्थली नगरपालिकाका स्वास्थ्य संस्था निर्माणको क्रममा अहिले पनि समस्या भएको बताउँदै उ जनप्रतिनिधिलाई पनि खबरदारी गरिदिन श्रेष्ठले आग्रह गरे ।

मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँले २०७८ माघ २७ गतेदेखि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा विकास गरी सञ्चालन गरिएको बताए । अहिले यो मन्थली अस्पतालमा पाँच जना चिकित्सक सहित ५५ जना कर्मचारी रहेको उल्लेख गर्दै अस्पतालले २४ घण्टे इमर्जेन्सी सेवा र शल्यक्रिया सहितको प्रसूति सेवा उपलब्ध गराउँदै आएको बताएका छन्  । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...