मन्थली १३ फुलासीमा कांग्रेसमा एक सय भन्दा बढी प्रबेश

Written by meropradesh creator

२८ पुष २०७८, बुधबार

रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीमा नेकपा माओवादी केन्द्र परित्याग गरी मन्थली नगरपालिका–१३ का सचिव सहित १०० जना भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले मंगलवार आयोजना गरेको वडा पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा नेकपा माओवादीका वडा सचिव डम्बर खपाङ्गी मगर सहित एक सय बढी नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।


नव प्रबेशीलाई नेपाली कांग्रेस रामेछापका सभापती पुर्ण बहादुर तमाङ (कान्छाराम) लगायतका नेताहरुले टीका र माला लगाएर स्वागत गरेका थिए । पार्टीमा प्रबेश गरेपछि मगरले मन्चबाट भने – माओवादीले जनताको पक्षमा नभइ स्वार्थमा काम गरेकाले आफुलाई माओवादी पार्टी मन नपरेकाले कांग्रेसबाट नै राजनैतिक सक्रियता बढाउने बताए । निर्वाचित जन प्रतिनिधि पनि स्वार्थमा लिप्त रहेकाले फुलासीको बिकास हुन नसकेको धारणा राखेका थिए । उनले अबको बिकास कांग्रेसबाट हुने र सबैले कांग्रेसलाई जिताउनु पर्ने बताए ।
सोही वडाकी स्थानीय तहको निर्वाचनमा माओवादीबाट दलित महिला सदस्यको उम्मेद्वार समेत रहेकी सुन्तली बर्देवा पनि माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी छिन् । उनले पनि कम्युनिस्टबाट आशा मरेको र कम्युनिस्टले भ्रमको खेती गर्ने बताउदै कांग्रेस पार्टी रोजेको बताईन । उनले सबै खाले परिवर्तन कांग्रेसबाट नै हुने बताइन । नेपाली कांग्रेसका सभापती तथा कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर तमाङ (कान्छाराम) ले नेपाली काँग्रेसले सबैलाई उचित स्थान सहित जिम्मेवारी दिएर पार्टीलाई सशक्त बनाउन लागि पर्ने बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस फुलासीका स्थानीय नेता हरिराम गिरीको सहयोगमा सामाजिक सुरक्षा भत्ता खाएका ४ सय जनालाई न्यानोका लागि फाइबर सिरक बितरण समेत गरिएको छ । सामाग्री बितरणको संयोजन फुलासी कांग्रेसले गरेको हो । मन्थली नगरपालिका वडा नं १३ मा राज्यबाट सामाजिक सुरक्षा भत्ता खाइ रहेका जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अति अशक्त ब्यक्तिहरु गरि ४ सय नागरिकलाई काँग्रेसले जाडोमा ओढ्ने न्यानो फाइबर सिरक वितरण गरेको हो । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीको कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर वडा समितिले गिरिको सहयोगमा राज्यबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका ३ सय ४६ जना र वडाका अति अशक्त ५४ जना सहित ४ सय जनालाई फाइबर सिरक वितरण गरेको हो ।


ज्येष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अतिथी पार्टी सभापती पुर्ण बहादुर तमाङ कान्छारामले फाइबर सिरक बितरण गरेका थिए । स्थानिय सरकार राज्यले दिन नसकेको अबस्थामा काङ्ग्रेसका नाममा ब्यक्तिले यती ठुलो सहयोग गर्दा खुशि लागेको सामग्री बुझ्दै गरेका बृद्धबृद्दाले प्रतिक्रिया दिए । कार्यक्रममा राष्ट्रिय, जिल्ला र स्थानीय स्तरका कलाकारहरु प्रकाश कट्टुवाल, रामकुमार नेपाली सबिन चौहान लगायतका कलाकारहरुले गित संगीतले मनोरन्जन प्रदान गरेका थिए ।


नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीका वडा सभापति ओमकार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य अर्जुन कुमार केसी, नेपाली कांग्रेसका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधिहरु मीना कार्की र विनिता खड्का, जिल्ला कार्यसमिति सदस्यहरु ध्रुव लामा र सिताराम कार्की, कांग्रेस नेता एवं पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठ, नेपाली कांग्रेस नेता एवं पुव पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), नेविसंघ रामेछापका उपाध्यक्ष प्रभाकर ढुंगेल, नेपाली कांग्रेस क्षेत्र नं २ रामेछापका पुर्व क्षेत्रिय सदस्य सुमन चौहन (माइकाल) लगायतले आफ्नो आफ्नो धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...