मन्थली– १ मा कांग्रेस र माओवादी बीच तालमेल

Written by meropradesh creator

१६ बैशाख २०७९, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका –१ मन्थलीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेल (रामहरी)लाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो ।

तालमेलको सहमती भएसंगै शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठ, सहित खुल्ला सदस्य मिन प्रसाद घिमिरे र महिला सदस्य कमला पाख्रिनले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै कांग्रेसबाट खुल्ला सदस्यको उम्मेद्वार बनेका रत्न बहादुर श्रेष्ठ र दलित महिला सदस्यको उम्मेद्वार मिश्रा रसाइलीले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने गरी सहमतीमा पाँच जना उम्मेद्वारले आफ्नो उम्मेद्वरी फिर्ता लिएपछि अब नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका होम प्रसाद पौडेल, खुल्ला सदस्यको उम्मेद्वार चन्द्र बहादुर माझी र महिला सदस्य तिज कुमारी भुजेलको मात्रै उम्मेद्वारी कायम रहेको छ । त्यस्तै माओवादीबाट खुल्ला सदस्यमा उम्मेद्वार रहेका युवराज सुवेदी र दलित महिला सदस्य मैया लक्ष्मी सार्कीको उम्मेद्वार कायमै रहेको छ । यसरी कायम रहेका पाँच जना उम्मेद्वारलाई जिताउन दुबै पार्टीले संयुक्त रुपमा मतदान गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएको छ ।

दुई पार्टीको संयुक्त समूहलाई जिताउन दुबै पार्टी लाग्ने नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष श्याम कुमार श्रेष्ठले बताए । उनका अनुसार वडामा दुई पार्टी बीच तालमेल भएपनि नगरपालिकामा भने दुबै पार्टीको छुट्टा छुट्टै उम्मेद्वार कायम रहेकाले आ–आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्ने श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...