मन्थली– १ मा कांग्रेस र माओवादी बीच तालमेल

Written by meropradesh creator

१६ बैशाख २०७९, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका –१ मन्थलीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेल (रामहरी)लाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो ।

तालमेलको सहमती भएसंगै शुक्रबार दिउँसो माओवादीबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठ, सहित खुल्ला सदस्य मिन प्रसाद घिमिरे र महिला सदस्य कमला पाख्रिनले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै कांग्रेसबाट खुल्ला सदस्यको उम्मेद्वार बनेका रत्न बहादुर श्रेष्ठ र दलित महिला सदस्यको उम्मेद्वार मिश्रा रसाइलीले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल हुने गरी सहमतीमा पाँच जना उम्मेद्वारले आफ्नो उम्मेद्वरी फिर्ता लिएपछि अब नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेद्वार रहेका होम प्रसाद पौडेल, खुल्ला सदस्यको उम्मेद्वार चन्द्र बहादुर माझी र महिला सदस्य तिज कुमारी भुजेलको मात्रै उम्मेद्वारी कायम रहेको छ । त्यस्तै माओवादीबाट खुल्ला सदस्यमा उम्मेद्वार रहेका युवराज सुवेदी र दलित महिला सदस्य मैया लक्ष्मी सार्कीको उम्मेद्वार कायमै रहेको छ । यसरी कायम रहेका पाँच जना उम्मेद्वारलाई जिताउन दुबै पार्टीले संयुक्त रुपमा मतदान गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएको छ ।

दुई पार्टीको संयुक्त समूहलाई जिताउन दुबै पार्टी लाग्ने नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष श्याम कुमार श्रेष्ठले बताए । उनका अनुसार वडामा दुई पार्टी बीच तालमेल भएपनि नगरपालिकामा भने दुबै पार्टीको छुट्टा छुट्टै उम्मेद्वार कायम रहेकाले आ–आफ्नो पार्टीका उम्मेद्वारलाई मतदान गर्ने श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...