मन्दीरको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलीत

Written by meropradesh creator

२९ माघ २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिका–८ गाइखुरामा रहेको श्री नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी स्थानियले गाइखुरामा रहेको २ सय बर्ष पुरानो मन्दीरको अस्तित्व समाप्त हुने गरी मन्दिरको जग्गा मासेर सडक निर्माण गरेको बताएका छन् । केहि ब्यक्तिहरुले ब्यक्तिगत मुनाफा कमाउने र जग्गा विक्रि बितरण गर्न मन्दिरको जग्गा बाट सडकको वाल भत्काएर सडक निर्माण गरेको बताएका हुन् । शिक्षक तथा स्थानिय सानोबाबु पुरीको नेतृत्वमा झण्डै एक दर्जन भन्दा वढी स्थानिय युबाहरुले पत्रकार सम्मेलनमा भने हामी २ सय बर्ष पुरानो मन्दिरको अस्तित्व समाप्त हुन दिदैनौ । त्यसको संरक्षणमा लाग्ने छौ , बाटो लैजान अन्य स्थान हुँदा हुदै मन्दरको जग्गा बाट लान मिल्दैन । त्यसको बिरुद्ध हामिले मन्थली नगरपालिका जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय रामेछाप लगाएत मौखिक जानकारी गराएका छौ । तत्काल काम बन्द गरेर वाल निर्माण नगरे आइतबार हामी सबै निकाएमा लिखीत उजुरी समेत दिन्छौ उनले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...