रामेछाप । मन्थली नगरपालिका–८ गाइखुरामा रहेको श्री नर्मदेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी स्थानियले गाइखुरामा रहेको २ सय बर्ष पुरानो मन्दीरको अस्तित्व समाप्त हुने गरी मन्दिरको जग्गा मासेर सडक निर्माण गरेको बताएका छन् । केहि ब्यक्तिहरुले ब्यक्तिगत मुनाफा कमाउने र जग्गा विक्रि बितरण गर्न मन्दिरको जग्गा बाट सडकको वाल भत्काएर सडक निर्माण गरेको बताएका हुन् । शिक्षक तथा स्थानिय सानोबाबु पुरीको नेतृत्वमा झण्डै एक दर्जन भन्दा वढी स्थानिय युबाहरुले पत्रकार सम्मेलनमा भने हामी २ सय बर्ष पुरानो मन्दिरको अस्तित्व समाप्त हुन दिदैनौ । त्यसको संरक्षणमा लाग्ने छौ , बाटो लैजान अन्य स्थान हुँदा हुदै मन्दरको जग्गा बाट लान मिल्दैन । त्यसको बिरुद्ध हामिले मन्थली नगरपालिका जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय रामेछाप लगाएत मौखिक जानकारी गराएका छौ । तत्काल काम बन्द गरेर वाल निर्माण नगरे आइतबार हामी सबै निकाएमा लिखीत उजुरी समेत दिन्छौ उनले भने ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...