मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप रामेछापमा हुने

Written by meropradesh creator

११ मंसिर २०७८, शनिबार

रामेछाप । नेपाल माझि उत्थान संघ रामेछाको आयोजनामा मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी नेपाल माझी उत्थान संघ रामेछापले मंसिर १५ गते देखी २० गते सम्म दोस्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता २०७८ हुने जानकारी दिएको छ । पत्रकार सम्मेलन गरी आयोजनाकोे तयारीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोजक सस्थाका पदाधिकारी तथा स्थानिय खेलाडीहरु पनि सहभागि रहेका थिए ।
मन्थली नगरपालीका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताकामा जिल्लाको ३ टीम सहित २० जिल्लाका २२ टीम सहभागि हुने जानकारी दिएको छ । प्रतियोगितामा जिल्लाका सबै पालीका र सरोकारवालाहरुलाई पत्राचार गरि सकिएकोे बताए । प्रतियोगितलाई भब्य, सभ्य र अनुशासित बनाउनका लागि १ सय जना स्वयंसेबक परिचालन गरिने आयोजकले जानकारीे दिए को छ ।
प्रतियोगितामा प्रथम,द्धितिय, तृतिय र सानत्वना स्थान प्राप्त गर्ने टीमलाई क्रमश २ लाख रुपैयाँ, १ लाख रुपैयाँ, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी संस्थाका अध्यक्ष ईन्द्र माझीले जानकारी दिए । त्यसका लागि प्रथम पुरस्कार एमाले नेता रत्न गौतम,द्धितिय पुरस्कार बापतको रकम नेपाली काँगेसका नेता गेल्जे शेर्पा र तेश्रो पुरस्कार बापतको रकम फ्रिडम रिसोट मन्थलीका प्रोपाईटर टीका राज आरनले प्रायोजन जनाएको छ ।कार्यक्रमको उद्घाटन् भब्य समारोहका विच युृवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले गर्ने कार्यक्रम तय भएको पनि आयोजक संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...