मकैको विरुवा नै सखाप

Written by meropradesh creator

६ असार २०७८, आईतवार

निराजन ढुंगेल
रामेछाप । जिल्लाको बिभिन्न स्थानमा लगाइएको मकैको बिरुवानै अमेरीकन फौजि किराले सखाप पारेको छ । बिरुवामानै मकै फौजि किराको प्रकोप बाट सखाप भए संगै किसानहरु चिन्तित बनेका छन् । अघिल्लो बर्ष रामेछाप जिल्लामा देखिएको अमेरिकन फौजी किराको प्रकोप यस बर्ष पनि मकै बालिमा त्यतीकै देखिएको छ । जिल्लाको खाँडादेवी गाउँ पालिका लगाएत अन्य स्थानमा लगाइएको मकै बालि अहिले किराले सखापै पारेको छ ।
अघिल्लो बर्ष जिल्लाको सोहि गाउँ पालिकाको वडा नं ३ भिरपानी र आसपासका केहि गाउँहरुमा देखा परेका किराहरु अहिले गाउँपालिकाको वडा नं ४ तथा वडा नं ५ मा पनि फैलिएको छ । किराले बारीमा लगाइएको बालीको विरुवा नै सखाप हुने गरी पात तथा डाँठहरु खाइदिएपछि अहिले किसानहरुको जमिन उजाड बनेको छ । यस प्रकारको किराको प्रकोप अहिले बारीमा लगाइको मकैमा देखा परेको छ ।
दिउँसो बाली लगाइएको ठाउँ नजिकैको जंगलका रुखहरुमा लुकेर बस्ने यस प्रकारको किराहरु राति भएपछि सक्रिय भई बालि लगाएको ठाउँमा प्रवेश गरेर मकैको पात तथा डाँठहरु खाने गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । किरा नियन्त्रणका लागि भनेर गाउँपालिकाले केहि बिषादी उपलब्ध गराएको भएपनि यसलाई नियन्त्रण गर्न नसकिएको किसानहरु बताउँछन् ।
अमेरीकन फौजि किराको प्रकोपका कारण आफ्नो मेहनत खेर गएको भन्दै कृषि ज्ञान केन्द्रमा सुनाउन जाँदा पनि सहयोग नपाएको किसानहरुको गुनासो रहेको छ । अमेरिकन फौजि किराले आफ्नो बारीमा लगाएको मकै बालि नष्ट पारेको खाँडादेवी गाउँपालिका वडा नं ५ का जिबन ढुंगेलले बताए । ३ बर्ष अगाडि अमेरिकामा देखिएको यस प्रकारको किरा भारत हुदै नेपाल प्रवेश गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।
कहिले खडेरी त कहिले बाढी पहिरोको मारमा परेका किसानहरु अहिले भने किराको प्रकोपबाट दिक्क भएको खाँडादेवी गाउँ पालिका वडा नं ४ पकरबासका सुब्बा रोक्का बताउँछन् । फौजि किराले बाली सखाप पार्दा समेत आफ्नो गाउँमा कुनै कृषि प्राविधिक नआइपुगेको किसानहरुको गुनासो छ । किराले गुवै सहितको डाँठ र पात खाएकाले यस प्रकारको विरुवाबाट उत्पादन संभव नभएको कृषि प्राविधिकहरु बताउँछन् । यो किराले ८० प्रतिशत भन्दा बढी बालीलाई नष्ट गर्ने भएपनि मकै, धान, गहुँ जस्ता बालिहरुमा बढी आक्रमण गर्ने कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । यो किरा एक रातमा १ सय किलोमिटर सम्म उठ्न सक्ने कृषि प्राविधिकहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...