‘अल्ट्राभोइलेट राइड’ कार्यक्रम जेष्ठ ३१ गते (शनिबार) आयोजना हुँदैछ। उक्त राइडको उद्घाटन मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीले गर्नेछिन्।
कार्यक्रमको सुरुवातमा, बिहान ७:०० बजेदेखि ८:०० बजेसम्म नक्सालस्थित अल्ट्राभोइलेट शोरूममा मिस नेपाल आश्मा केसीसँग विशेष भेटघाट (Meet & Greet) को अवसर प्रदान गरिनेछ। सहभागी तथा शुभेच्छुकहरूलाई सो समयमा सहभागी भई मिस नेपालसँग भेटघाट गर्न आमन्त्रित गरिन्छ।
केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार, राइड नक्सालस्थित शोरूमबाट सुरु भई नयाँ बानेश्वर – भक्तपुर – बनेपा हुँदै धुलिखेलमा पुगेर समापन हुनेछ।
यस राइडमा अल्ट्राभोइलेट बाइकका साथै २५० सीसीभन्दा माथिका अन्य कम्पनीका बाइक राइडरहरू पनि सहभागी हुनेछन्।
कोइरालाका अनुसार, अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको हो।
राइडमा सहभागी हुने इच्छुक राइडरहरूले आफ्नै बाइक र पेट्रोलको व्यवस्था गर्नुपर्नेछ, भने अन्य सबै व्यवस्थापन आयोजक कम्पनीले गर्नेछ।
नेपाल को १०९ वर्ष पुरानो घराना, केडिया अर्गनाइजेसन अन्तर्गत केडिया इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा अल्ट्रावायलेट लामो समय देखि बिक्रि वितरण गर्दै आइरक्खेको छ। अल्ट्रावायलेट एउटा उच्च खण्डको प्रतिष्ठित बाइक हो। अल्ट्रावायलेट प्रेमियम खण्डमा पर्दछ र यसको शोरुम नेपालको नक्सालमा रहेको छ।
📞 थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
९८०२३५६३१०