महिलामाथी दुव्यवहार गरेको आरोपमा सुनापतिका तामाङ पक्राउ

Written by meropradesh creator

१८ असार २०७८, शुक्रबार

रामेछाप । सुनापति गाउँपालिका–५ खनिया पानिका ३६ वर्षिय युवक तमार सिंह तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । सार्वजनिक स्थलमा महिलालाई जिस्क्याउने दुव्यवहार गर्ने जस्ता कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त जागतीले पक्राउ गरेको हो ।
रामेछाप घर भइ हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने तामाङले बाटोमा हिडिरहेका महिलाहरुलाई एकान्तमा एक्लैदुक्लै पारी संबेदनशील अंग समात्ने र दुव्यवहार गर्ने गरेको आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी महानगरीय प्रहरी वृत्त जागतीले पक्राउ गरेको हो । वृत्त प्रमुख रहेका डिएसपी राजेश थापाले पक्राउ परेका तामाङले प्रहरी सामू आफ्नो अपराध स्वीकार गरेको बताउदै अभियुक्तमा मानसिक समस्या समेत देखिएको बताएका छन् ।
डिएसपी थापाका अनुसार पक्राउ परेका तामाङ्ग मोटरसाइकल चढेर महिलामाथि अस्लिल हर्कत गरेर फरार हुने गरेको बयानको क्रममा खुलेको बताए । मोटरसाइकलमा आउने तामाङ्गले फूल हेल्मेट लगाएर महिलाको नजिकै आई मोटरसाइकलको बत्ती समेत निभाई संबेदनशील अंगमा समातेर तीब्र गतिमा फरार हुने गरेको पीडित महिलाहरुले प्रहरी समक्ष जानकारी गराएका छन् ।
महानगरीय प्रहरी वृत्त जगातीमा मोटरसाइकल चालकले दुर्व्यवहार गरेको आरोप लिएर दर्जन बढी महिला सम्पर्कमा आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पीडित हुनेहरुमा १४ वर्षका बालिका देखि ५० वर्षकी महिला समेत रहेका छन् । सार्वजनिक स्थलमा दजनौ महिनामाथि पटक पटक र्दुव्यवहार गरेको विषयमा प्रहरी समक्ष उजुरी परेको सात महिनापछि तामाङ पक्राउ परेका हुन् ।
रातो मोटरसाइकल र कालो ड्रेस बाहेक अन्य कुनै पन िजानकारी पीडितले दिन नसक्दा प्रहरीलाई प्रकाउ गर्न लामो समय लागेको डिएसपी थापाले जानकारी दिए । महिलामाथि अश्लिल हिंसा गर्दै आएको तामाङले गत असार ४ गते बिहान आदर्श चोक नजिक एक महिला पत्रकारलाई निशाना बनाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको बताए । ती पत्रकारले मोटरसाईकल नम्बरको फोटो खिचेको कारण सोही विवरणको आधारमा तामाङलाई पक्राउ गर्न सकिएको प्रहरीले जानकारी दिए । प्रहरीले बा ७८ प ९५७३ नम्बरको मोटरसाइकल सहित असार १५ गते साँझ ५ बजे कमलविनायकबाट तामाङलाई पक्राउ गरेको थियो । डिएसपी थापाका अनुसार अभियुक्त तामाङ्ग लाई बुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरी अभद्र मुद्दामा ७ दिनको म्याद लिई अनुसन्धान भैरहेको बताए जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...