महिलामाथी दुव्यवहार गरेको आरोपमा सुनापतिका तामाङ पक्राउ

Written by meropradesh creator

१८ असार २०७८, शुक्रबार

रामेछाप । सुनापति गाउँपालिका–५ खनिया पानिका ३६ वर्षिय युवक तमार सिंह तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । सार्वजनिक स्थलमा महिलालाई जिस्क्याउने दुव्यवहार गर्ने जस्ता कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त जागतीले पक्राउ गरेको हो ।
रामेछाप घर भइ हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने तामाङले बाटोमा हिडिरहेका महिलाहरुलाई एकान्तमा एक्लैदुक्लै पारी संबेदनशील अंग समात्ने र दुव्यवहार गर्ने गरेको आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी महानगरीय प्रहरी वृत्त जागतीले पक्राउ गरेको हो । वृत्त प्रमुख रहेका डिएसपी राजेश थापाले पक्राउ परेका तामाङले प्रहरी सामू आफ्नो अपराध स्वीकार गरेको बताउदै अभियुक्तमा मानसिक समस्या समेत देखिएको बताएका छन् ।
डिएसपी थापाका अनुसार पक्राउ परेका तामाङ्ग मोटरसाइकल चढेर महिलामाथि अस्लिल हर्कत गरेर फरार हुने गरेको बयानको क्रममा खुलेको बताए । मोटरसाइकलमा आउने तामाङ्गले फूल हेल्मेट लगाएर महिलाको नजिकै आई मोटरसाइकलको बत्ती समेत निभाई संबेदनशील अंगमा समातेर तीब्र गतिमा फरार हुने गरेको पीडित महिलाहरुले प्रहरी समक्ष जानकारी गराएका छन् ।
महानगरीय प्रहरी वृत्त जगातीमा मोटरसाइकल चालकले दुर्व्यवहार गरेको आरोप लिएर दर्जन बढी महिला सम्पर्कमा आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पीडित हुनेहरुमा १४ वर्षका बालिका देखि ५० वर्षकी महिला समेत रहेका छन् । सार्वजनिक स्थलमा दजनौ महिनामाथि पटक पटक र्दुव्यवहार गरेको विषयमा प्रहरी समक्ष उजुरी परेको सात महिनापछि तामाङ पक्राउ परेका हुन् ।
रातो मोटरसाइकल र कालो ड्रेस बाहेक अन्य कुनै पन िजानकारी पीडितले दिन नसक्दा प्रहरीलाई प्रकाउ गर्न लामो समय लागेको डिएसपी थापाले जानकारी दिए । महिलामाथि अश्लिल हिंसा गर्दै आएको तामाङले गत असार ४ गते बिहान आदर्श चोक नजिक एक महिला पत्रकारलाई निशाना बनाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको बताए । ती पत्रकारले मोटरसाईकल नम्बरको फोटो खिचेको कारण सोही विवरणको आधारमा तामाङलाई पक्राउ गर्न सकिएको प्रहरीले जानकारी दिए । प्रहरीले बा ७८ प ९५७३ नम्बरको मोटरसाइकल सहित असार १५ गते साँझ ५ बजे कमलविनायकबाट तामाङलाई पक्राउ गरेको थियो । डिएसपी थापाका अनुसार अभियुक्त तामाङ्ग लाई बुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरी अभद्र मुद्दामा ७ दिनको म्याद लिई अनुसन्धान भैरहेको बताए जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला यो वर्षा पनि तिन मिसको खोजिगर्दै

२०२५ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै, इन्टरनेसनल ताज नेपालमा ल्याउने पहिले सस्थानै आर.के. इन्टरटेन्मेन्ट ग्रुप हो मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी...

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गजपानिमा गए राति आगोलागि हुँदा दुई घर जलेर नष्ट भएको थियो । आगालागिबाट घरबार विहीन बनेका आगोलागि पीडित फस्टबहादुर श्रेष्ठको परिवारलाई मन्थली नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाले शनिवार बिहान राहत हस्तान्तरण गरेको छ । मन्थली...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...