महिला उद्यमी संघका पदाधिकारीले गरे पदभार ग्रहण

Written by meropradesh creator

२४ माघ २०७७, शनिबार

रामेछाप । रामेछाप महिला उद्यमि संघका नवनिर्बाचित पदाधिकारीहरुले सपथ संगै आफनो पदभार ग्रहण गरेको छन् । रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संघका नबनिर्बाचित पदाधिकारीहरुले सपथ संगै पदभार ग्रहण गरेका हुन् । सहमतिका आधारमा बनेको उक्त समितिमा आबद्ध पदाधिकारीहरुलाई नेपाल उद्योग वाण्ज्यि महासंघ अन्र्तगतको घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घिमिरेले नबनिर्बाचित महिला उद्यमी संघकी जिल्ला अध्यक्ष अध्यक्ष अपना श्रेष्ठलाई सपथ गराएका थिए भने अध्यक्ष श्रेष्ठले अन्य सबै पदाधिकारीहरुलाई एकमुष्ठ रुपमा सपथ गराएकी थिइन । सपथ ग्रहण कार्यक्रममा संस्थाकि उपाध्यक्ष ईन्दीरा बख्ररेलले संस्थाले चाडै नै महिलाहरुको नेतृत्व तथा क्षमता विकास, चुरा, पोते, धागो तथा बुटिक जस्ता तालीम संचालन गर्ने र त्यसको बजारी करणको लागी संस्थाले आबश्यक बातावरण निर्माण गर्न लागेको जानकारी दिइन ।

माघ १७ गते सम्पन्न प्रथम अधिबेशनले अपना श्रेष्ठको अध्यक्षता १० सदस्यीय समिति निर्विरोध चयन गरेको थियो ।प्रथम अधिबेशन बाट उपाध्यक्षमा इन्दिरा बख्रेल,महासचिवमा सरस्वती बराल ,सचिवमा मञ्जु घिमिरे र कोषाध्यमा मेनुका खड्का महत सदस्यहरूमा तारा देबि थापा,तारा देबि भण्डारी ,रिता ढुङेल ,बिपना थापा र डम्बर कुमारी भण्डारी चयन भएका थिए । सपथ ग्रहणपछि संस्थाकी निबर्तमान अध्यक्ष सुमिका श्रेष्ठले सबै पदाधिकारीहरुलाई बधाई दिंदै नब निर्वाचित अध्यक्ष अपना श्रेष्ठलाई संघको माईन्युटबुक हस्तानतरण गरेकी थिइन । संघले सोही कार्याक्रमको अबसर पारेर घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरेलाई पनि सम्मान तथा कार्यालयमा स्वागत गरेका थिए ।
पदभार ग्रहण तथा नबनिर्वाचित महिला उद्यमी संघको सपथ कार्यक्रममा रामेछापका उद्यमी महिलाहरु, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नबीनकुमार थापामगर र जिल्लाका विभिन्न संचारमाध्यमका संञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...