रामेछाप –२४ मंसिर ।
रामेछाप । रामेछाप नगरपालिकाले वुधवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको एकबद्धता भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाले महिला लैङ्गिक हिंसाको १६ दिने अभियानको अवसरमा महिला अधिकार सम्वन्धि नितिगत तथा कानुनी व्ययवस्था बिषयक कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा करिव १ सय जना महिलाहरुको सभागीता रहको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागी महिलाहरुलाई जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधिश मोहनराज भट्टराई, रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले नितिगत तथा कानुनी व्यवस्था के कस्तो छ भन्ने बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा आफ्नो प्रस्तुती गर्दै जिल्ला न्यायाधिवक्ता यदुनाश शर्माले भने महिलाहरुको लागि सरकारले छुट्टै कानुन बनाएपनि महिला हिंसा, वलात्कार लगाएतका घटनाहरुमा झनै बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरे । उनले गएको केही वर्षदेखी रामेछापमा जर्वजस्ती करणीका घटनाहरु बृद्धि भएको भन्दै यसलाई न्युनिकरण गर्न सबै नागरिकहरु संवेदनशि भएर लाग्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला न्यायाधिश मोहनराज भट्टराईले नेपालको संविधानले नै लैङ्गिक आधारमा कुनै पनि विभेध गर्न पाइदैन भनेर उल्लेख गरिएको छ । संविधानले स्थानिय तहदेखी प्रदेश र संघमा महिलालाई प्रमुख वा उपप्रमुख पदमा राख्नुपर्ने कानुनी व्यवस्था गरेकाले त्यही अनुसार महिलाहरुले पनि विभिन्न अवसरहरु प्राप्त गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पालिका भित्र कुनै पनि महिला हिंसाका घटनाहरुलाई न्युनीकरण गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताइन । त्यस्तै पालिका भित्र महिला समनाताको बिषयमा विभिन्न मुद्धा उठाइ रहेको भन्दै पछिल्लो समय महिलाहरु पनि क्षमताबान हुँदै गएको धारणा व्यक्त गरिन ।
रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको अध्यक्षता तथा जिल्ला अदालत रामेछापका प्रमुख अतिथि जिल्ला न्यायाधिश मोहनराज भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले महिलाहरुले दैनिक रुपमा महिला हिंसाका घटनाहरु बढ्दै गएकाले यसलाई रोक्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न माग गरेका थिए ।