महिला अधिकार सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Written by meropradesh creator

२४ मंसिर २०७७, बुधबार

रामेछाप –२४ मंसिर ।
रामेछाप । रामेछाप नगरपालिकाले वुधवार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको एकबद्धता भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाले महिला लैङ्गिक हिंसाको १६ दिने अभियानको अवसरमा महिला अधिकार सम्वन्धि नितिगत तथा कानुनी व्ययवस्था बिषयक कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा करिव १ सय जना महिलाहरुको सभागीता रहको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागी महिलाहरुलाई जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधिश मोहनराज भट्टराई, रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्ला सरकारी वकील कार्यालय रामेछापका जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले नितिगत तथा कानुनी व्यवस्था के कस्तो छ भन्ने बिषयमा जानकारी गराएका थिए ।


कार्यक्रममा आफ्नो प्रस्तुती गर्दै जिल्ला न्यायाधिवक्ता यदुनाश शर्माले भने महिलाहरुको लागि सरकारले छुट्टै कानुन बनाएपनि महिला हिंसा, वलात्कार लगाएतका घटनाहरुमा झनै बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरे । उनले गएको केही वर्षदेखी रामेछापमा जर्वजस्ती करणीका घटनाहरु बृद्धि भएको भन्दै यसलाई न्युनिकरण गर्न सबै नागरिकहरु संवेदनशि भएर लाग्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा जिल्ला न्यायाधिश मोहनराज भट्टराईले नेपालको संविधानले नै लैङ्गिक आधारमा कुनै पनि विभेध गर्न पाइदैन भनेर उल्लेख गरिएको छ । संविधानले स्थानिय तहदेखी प्रदेश र संघमा महिलालाई प्रमुख वा उपप्रमुख पदमा राख्नुपर्ने कानुनी व्यवस्था गरेकाले त्यही अनुसार महिलाहरुले पनि विभिन्न अवसरहरु प्राप्त गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पालिका भित्र कुनै पनि महिला हिंसाका घटनाहरुलाई न्युनीकरण गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताइन । त्यस्तै पालिका भित्र महिला समनाताको बिषयमा विभिन्न मुद्धा उठाइ रहेको भन्दै पछिल्लो समय महिलाहरु पनि क्षमताबान हुँदै गएको धारणा व्यक्त गरिन ।
रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको अध्यक्षता तथा जिल्ला अदालत रामेछापका प्रमुख अतिथि जिल्ला न्यायाधिश मोहनराज भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुले महिलाहरुले दैनिक रुपमा महिला हिंसाका घटनाहरु बढ्दै गएकाले यसलाई रोक्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न माग गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...