महाधिवेशन प्रतिनिधिमा पूर्व मन्त्री लक्ष्मण घिमिरे पराजित

Written by meropradesh creator

२० आश्विन २०७८, बुधबार

रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं महाधिवेशनमा रामेछापवाट खुल्ला तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका पूर्व मन्त्री लक्ष्मण प्रसाद घिमिरेले लज्जास्पद हार व्यहोर्नु परेको छ । महाधिवेशन प्रतिनिधि पदका लागि शनिवार र आइतवार सदरमुकाम मन्थलीमा भएको निर्वाचनमा होमिएका नेपाल सरकारका पूर्व मन्त्री, नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं नेपाली काँग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरे पराजित हुन पुगेका हुन् । घिमिरेले जम्माजम्मी ४ सय ३० मत प्राप्त गरेका थिए ।
घिमिरेलाई पराजित गर्दै १४ औं जिल्ला अधिवेशनवाट भारि मत ल्याएर निर्वाचित हुनेहरुमा अर्जुन केसी ७६०, भरत चौलागाई ७३१, रामचन्द्र खड्का ६८८, ध्रुबहरी ढुंगेल ६५२ मत प्राप्त गरि निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचित हुनेहरुमा रत्नवहादुर कार्की ६२२, युवराज भट्टराई ५९९, आङटावा शेर्पा ५३४, विरवहादुर तामाङ्ग ५३२, रत्नहरि ढुगेल ५२८ र झपडराज भण्डारीले ५२१ मत ल्याएर निर्वाचित भएका छन् ।
रामेछापमा रहेर लामो समयदेखी नेपाली काँग्रेसको सक्रिय राजनिति पछि घिमिरे बिगत केही वर्षदेखी राजनितिमा निस्किय भएर राजधानी काठमाण्डौंमा बस्दै आएका थिए । काँग्रेसको १४ औं जिल्ला अधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि जितेर राजधानी फर्किने मनस्थिती बनाएर आएका घिमिरे रित्तो हात फर्कन वाध्य भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...