मेयर बस्नेतले मनलाग्दी रकम बाडेको भन्दै सदस्यले बैठक माईन्युट च्याते

Written by meropradesh creator

४ बैशाख २०७९, आईतवार

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले एकलौटी बिकास रकम बाडफाड गरेको भन्दै सोही बिषयलाई लिएर कार्यपालीकाको बैठकमा सदस्यहरु र प्रमुख बस्नेत बिच भनाभन हुँदा बैठकमै सदस्यहरुले माईन्युट च्यातेका छन् ।

गत चैत्र २९ गतेको मन्थली नगरकार्य पालीकाको बैठकमा मेयरको कार्यशैली प्रती रुष्ट बनेका कार्यपालीकाको सदस्यहरुले बैठक आरम्भ हुनासाथ पुरानो माईन्युटको आधारमा गत बैठकको समिक्षा गर्ने र त्यसपछि मात्र बैठक अगाडि बढ्नु पर्ने अडान लिएपछि दिनभर बैठक स्थलमा हो हल्ला हुनुका साथ दिनभर बैठक अबरुद्ध भएको थियो ।

नेकपा समाजबाजीका जिल्ला अध्यक्ष समेत रहेका मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले आफ्नो पार्टी संघ र प्रदेशमा पनि संलग्न भएपछि आएको करिब करिब ५ करोड रुपैयाँलाई २ लाख भन्दा माथिका टुक्रे योजना मार्फत आगामी स्थानिय निर्वाचन लक्षित बनाएर आफना आसेपासे र कार्यकर्तालाई मनपरि ढंगले वितरण गरेको जानकारीका आधारमा पालिकाका सदस्यहरुले माईन्युट र आबश्यक कागजाज झिकाउन माग गरेका थिए ।

विषेशगरि एनेकपा माओबादी निकट वडाध्यक्ष र कार्यपालीकाका सदस्यहरुले यस अघि भए गरेको केहि कामको प्रमाण र माईन्युट ल्याएर समिक्ष नगरेसम्म बैठक अघि बढ्न नदिने अडान लिएपछि बैठकमा दोहोरो भनाभन र हो हल्ला समेत भएको थियो । जसकाकारण दिनभर जसो बैठक अरुद्धनै भयो ।

वडा अध्यक्ष र कार्य पालीकाका सदस्यहरुले आधार र प्रमाण मागि गरेको अबस्थामा नगर प्रमुखले माईन्युट र कागज जुटाउन समय लाग्ने भन्दै दिनभरिनै टारी नै रहे । वडा नं ५ का वडा अध्यक्ष रामबहादुर कार्कीले आफु पनि कानूनका विद्यार्थि भएको भन्दै प्रजिअ दिपक पहाडीलाई फोन गरि बैठकको अबरोध र संभाबीत कानुनी उपचारको बारेमा जानकारी माग गरेका थिए ।

उनिहरुको नियमित अडान र होहल्लापछि प्रमुख प्रशासकिय अघिकृत लिलाराज पौडेलले पनि बैठकको अबरुद्ध्ता र मागेको कागजाजका बारेमा प्रजिअलाई जानकारी गराएका थिए । जबाफमा आफुले कार्यपालीकाको सबालहरु आफनो अधिकार क्षेत्र भित्र नपर्नै भन्दै कानुनको परिधि भित्र रहेर प्रकया अगाडि बढाउन जानकारी गराएको प्रजिअ दिपक पहाडिले जानकारी दिए । उनले भने– पछि मैले बैठकमा माईन्युटनै च्यातिएको खबर मात्र आफुले सुनेको हुँ । त्यसवाहेक आफुलाई थप जानकारी नभएको बताए ।

चैत २९ गते १२ बजेबाट बैठक शुरु भएको भए पनि दिनभरको अबरोध भएपछि बेलुकी ४ बजे पछि मात्र माईन्युट झिकाईएको थियो । माईन्युटमा यस अघिको बैठकको पुछारको हस्ताक्षरलाई छोपेर कारीब ५ करोड बजेटका ९० योजना ४ वटा पनामा टाँस गरि बद्नियत पुर्ण र जालसाजी तरिकाले नगर प्रमुख बस्नेतले काम गरेको पाएपछि कार्यपालिकाका सदस्यहरुले बैठकमा नै माईन्युट च्यातेका थिए ।

उनीहरुले यस बारेमा कानुनी अबस्था र पालीकाका सदस्यहरुको अधिकारका बारेमा पनि जानकारी गराएपछि नगर प्रमुख बस्नेतले सबै काम आफुले मात्र गरेको र यसमा प्रशासकिय अधिकृतको समेत केहि दोष नभएको भन्दै माफी मागे पछि आफुहरु पछाडी हटेको एक वडाध्यक्षले बताए । उनले यस बारेमा पुन छलफल गरेर मात्र अघि बढ्ने सहमति भएको पनि जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...