मेसिनबाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु

१९ फाल्गुन २०८०, शनिबार

रामेछाप । आधुनिक तरिकाले मेसिन बाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु भएको छ । रामेछाप नगरपालिका सँगको समन्वयमा बिजनेस एन्ड प्रोफेसनल वमेनको आयोजना ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तालिममा  नगरका १० जना महिलाहरूको सहभागिता रहेको छ ।  

तालिमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्कीले आधुनिक मेसिन बाट दुना टपरी बनाउने तालिमले महिलालाई स्वरोजगार गनाउन सहयोग गर्ने बताइन् । उपप्रमुख कार्कीले भनिन् –हाम्रो जङ्गलमा सालको पात प्रशस्त छ । ती सबै पातहरू झरेर खेर गएको छ । प्रयोगमा आउन सकेको छैन । अब यो तालिम पछि व्यावसायिक रूपमा यो पेसालाई अघि बढाउन आग्रह गर्दछु । हाम्रो जङ्गलमा सालको पात खेर गएको छ । हामी काठमाण्डौं लगायत ठुला सहर बाट खरिद गर्ने गरेका छौँ । अब रामेछाप नगरपालिकाले जिल्ला भरी सहजै यो तालिम पछि आवश्यक दुना टपरी खपत गर्न सक्ने र महिला दिदी बहिनी स्वरोजगार बन्नेमा आफू विश्वस्त रहेको बताइन् ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले नगरलाई प्लास्टिकमुक्त मात्र नभएर दुना टपरीबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न र वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको जानकारी दिए । तालिम सिकेर उद्यमी बन्न चाहनेलाई नगरले सहयोग गर्ने घिमिरेको भनाई छ ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार साह कर्मयोगीले कम लगानीमै स्थानीय स्रोत साधन प्रयोग गरेर दुना टपरी उद्योग सञ्चालन गर्न सके महिलाहरू स्वरोजगार बन्ने बताए । उनले दुना टपरी बिक्रीका लागी बजारको समस्या नरहेको बताए । उद्योग सञ्चालन गर्न चाहनेलाई उद्योग तथा वाणिज्य कार्यालयले सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा रामेछाप नगरपालिका ८ का वडाध्यक्ष सन्तोष तामाङले सालका दुना टपरी प्रयोगले मानिसको स्वास्थ्य र वरपरको वातावरण पनि स्वच्छ हुने बताए ।  नगरपालिकाले मेसिन यस भन्दा पहिला खरिद गरिसकेको छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...