मेसिनबाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु

१९ फाल्गुन २०८०, शनिबार

रामेछाप । आधुनिक तरिकाले मेसिन बाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु भएको छ । रामेछाप नगरपालिका सँगको समन्वयमा बिजनेस एन्ड प्रोफेसनल वमेनको आयोजना ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तालिममा  नगरका १० जना महिलाहरूको सहभागिता रहेको छ ।  

तालिमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्कीले आधुनिक मेसिन बाट दुना टपरी बनाउने तालिमले महिलालाई स्वरोजगार गनाउन सहयोग गर्ने बताइन् । उपप्रमुख कार्कीले भनिन् –हाम्रो जङ्गलमा सालको पात प्रशस्त छ । ती सबै पातहरू झरेर खेर गएको छ । प्रयोगमा आउन सकेको छैन । अब यो तालिम पछि व्यावसायिक रूपमा यो पेसालाई अघि बढाउन आग्रह गर्दछु । हाम्रो जङ्गलमा सालको पात खेर गएको छ । हामी काठमाण्डौं लगायत ठुला सहर बाट खरिद गर्ने गरेका छौँ । अब रामेछाप नगरपालिकाले जिल्ला भरी सहजै यो तालिम पछि आवश्यक दुना टपरी खपत गर्न सक्ने र महिला दिदी बहिनी स्वरोजगार बन्नेमा आफू विश्वस्त रहेको बताइन् ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले नगरलाई प्लास्टिकमुक्त मात्र नभएर दुना टपरीबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न र वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको जानकारी दिए । तालिम सिकेर उद्यमी बन्न चाहनेलाई नगरले सहयोग गर्ने घिमिरेको भनाई छ ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुबोध कुमार साह कर्मयोगीले कम लगानीमै स्थानीय स्रोत साधन प्रयोग गरेर दुना टपरी उद्योग सञ्चालन गर्न सके महिलाहरू स्वरोजगार बन्ने बताए । उनले दुना टपरी बिक्रीका लागी बजारको समस्या नरहेको बताए । उद्योग सञ्चालन गर्न चाहनेलाई उद्योग तथा वाणिज्य कार्यालयले सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा रामेछाप नगरपालिका ८ का वडाध्यक्ष सन्तोष तामाङले सालका दुना टपरी प्रयोगले मानिसको स्वास्थ्य र वरपरको वातावरण पनि स्वच्छ हुने बताए ।  नगरपालिकाले मेसिन यस भन्दा पहिला खरिद गरिसकेको छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...