मेरो उम्मेदवारी समुनन्त लिखुतामाकोशी ः कांग्रेस उम्मेदवार महत

Written by meropradesh creator

१५ बैशाख २०७९, बिहीबार

रामेछाप– नेपाली काग्रेस बाट लिखुतामाकोशी गाउँपालिका प्रमुखका उम्मेदवार रहेका केशव महतले आफ्नो जीवनको लक्ष्य नै लिखु तामाकोशी गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् । लिखुतामाकोशी गाउँपालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा राजनीतिक नेतृत्वबाट ठुलो क्षति व्यहोर्नु परेको महतले बताए । महतले आफु बिजय भएसंगै बिगतको नेतृत्वले पालिकामा पुर्याएको क्षतिको खाडललाई परिपूर्ण गरी एक समुनन्त पालिका बनाउने योजना रहेको बताएका छन् ।

विगतमा जनप्रतिनिधिहरुको आन्तरिक खिचातानीका कारण लिखुतामाकशीका नागरिकहरुका सामान्य जनजिवीका सँग जोडिएका विषयहरु समेत सम्बोधन हुन नसेको कारण पालिका समग्र रुपमा पछि परेकोले अबको नेतृत्वबाट लिखु तामाकोशीको समग्र विकासको गतिलाई अगाडि बढाई दिगो विकासको अवधारण अनुरुपनै पालिकको स्रोत साधनको उच्चतम प्रयोग गर्दै समुन्नत बनाउने विकास मोडल आफूसँग रहेको हुँदा त्यसको लागि निर्वाचनमा लिखु तामाकोशी गाउँपालिकावासी नागरिकहरुले आफूलाई विजय गराउनेमा विश्वस्त रहेको बताएका छन् ।

विगतको छ बर्षमा कुनैपनि दिगो विकासका ठोस कार्यहरु हुन नसकेको हुँदा नागरिकको जीवनस्तर र समग्र पालिका विकासको गतिबाट पछाडी धकेलिएको निष्कर्ष सहित महतले लिखुतामाकोशीलाई अबको पाँच वर्षमा पालिकाको समग्र विकासको गतिलाई अगाडि बढाउन २० बुँदे योजनाहरु अगाडि सारेका छन् ।

महतले अघि सारेको समुनन्त लिखु तामाकोशी भित्र के हुनेछ ?

  • पालिकाको सबै वडाहरुका बाह्रै महिना मोटर चल्न सक्ने सडक ।
  • भौतिक संरचनाका हिसाबले कमजोर विद्यालयहरुमा भौतिक संरचानहरु र शिक्षाको गुणस्तरका लागि शिक्षक तालिम, योजना सहितको शैक्षिक शत्र संचालन, आधुनीक प्राथमिक शिक्षा साथै उच्च र प्राविधिक शिक्षा पालिका भित्रै ।
  • गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र जनप्रतिनिधि सहितको संजाल ।
  • महिला बालबालिकाहरुका लागि सुरक्षित पालिका ।
  • वडास्तरमा स्वास्थ्य संस्थाको स्थापना र स्तरोन्ती गरी प्राथमिक स्वास्थ्य उपचार आफ्नै वडाबाट निशुल्क ।
  • पालिकाबाट संचालित सबै योजनाहरु पारदर्शियता ढंगबाट संचालन ।
  • विपद् व्यवस्थापन, राहत वितरण र अप्ठ्यारोमा जनप्रतिनिधि कार्यक्रम शिघ्रताका साथ संचालन ।
  • वातावरण संरक्षण योजना, वडा नं. १ दुरागाउँ, वडा नं. ६ खिम्ती लगाएतका वडाहरुमा भुक्ष्य नियन्त्रण र जोखिम बस्तीको संरक्षण र वस्ती स्थानान्तरण ।
  • वडा नं. १ दुरागाउँलाई आलु पकेट क्षेत्रको रुपमा विकास ।
  • सवै वडाहरुबाट घटना दर्ता अनलाइन प्रणालीबाट संचालन र व्यवस्थापन ।
  • पालिका भवन निर्माण र प्रशासनीक क्षेत्रमा सुशासन, पार्दशियता, जवाफदेही जनप्रतिनिधी, भ्रष्ट्राचारमुक्त पालिका ।
  • प्रत्येक आ.ब.हरुको अन्त्यमा पालिकको आम्दानी तथा खर्चको सम्बन्धमा आम नागरिक, सबै राजनीतिक दल तथा सरोकारवाला व्यक्तित्वको उपस्थितिमा सार्वजनिकरण र अनुमोदन गर्ने व्यवस्था ।
  • सबै वडाहरुमा व्यवस्थित खानेपानी, सुक्खा क्षेत्रहरुमा सिंचाईको व्यवस्था, हरियाली पालिका ।
  • युवालाई शिपयुक्त बनाई कृषि, पशुपालन, व्यापार, व्यवसाय गर्न अनुदान र पालिकासँगको समन्वयमा बैङ्कबाट सहुलियत कर्जाको व्यवस्था ।
  • समयमा नै विउविजन, रासायनीक मलको व्यवस्था तथा कृषि विमाको व्यवस्था ।
  • पालिका भित्र उत्पादित बस्तुहरुको पालिकाको समन्वयमा बजारिकरण ।
  • सबै प्रकारका सामाजिक सुरक्षा भत्ता घरघरमा ।
  • वृद्धवृद्धाहरुको घरमा नै निःशुल्क स्वास्थ्य परीक्षण।
  • पुरातात्विक वस्तु तथा स्थान, धार्मिक स्थलहरुको संरक्षण, संवर्द्धन, जातीय पहिचानका रितिरीवाज, प्रथा, चालचलनको सम्मान र सामाजिक सहिश्रुणता र सद्भावनमा वृद्धि ।
  • सम्पन्नता सहितको सबै लिखु तामाकोशी वासीको सम्मानित जीवन

उम्मेद्वार महत भन्छन मैले समुन्नत लिखु बनाउन अघि सारेका सबै योजनाहरु सबै राजनीतिक दल, विकास सम्वद्ध विज्ञ, सरोकारवाला, विचको समन्वय, सल्लाह र सुझावबाट समग्र पालिका विकासको छ बर्षे समुनन्त विकास योजना तयार गरी कार्य योजना र कार्यातालिका सहित इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता आम लिखु तामाकोशी गाउँपालिकावासी नागरिकहरु माझ राखेको र आफ्नो विजय सुनिश्चित रहेको बताउँछन । काँग्रेसबाट उम्मेद्वार रहेका महतले नेकपा एमालेका कमल प्रसाद कडरिया र नेकपा एकिकृत समाजवादी तथा माओवादी केन्द्र विचको गठबन्धनका उम्मेद्वार नवराज पौडेल विच प्रतिस्पर्धा हुनेछ ।
महतको राजनीतिक यात्रा र स्वभाव
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा ने.वि. संघ पाटन संयुक्त क्याम्पसको इकाइ सचिवको हैसियतबाट सक्रिय राजनीतिमा उदायका महतसँग राजनीतिक अनुभवको यात्रा भने लामो छ । राजनीतिलाई आम नागरिकलाई सवल‚ सक्षम‚ व्यवस्थालाई परिस्कृत र राष्ट्रलाई समुनन्त बनाउने कडी ठान्ने उनी लिखु तामाकोशी गाउँपालिका भित्रका आम नागरिकहरुको जीवनस्तर परिवर्तनका लागि जीवनस्तरसँग जोडिएका विविध विषयहरुलाई इमानदारीताका साथ सम्वोधन गर्ने र मागमा आधारित विकास योजनाहरुलाई आफुले बढि प्राथमिकता दिने बताउँछन ।

शैक्षिक रुपमा समाजशास्त्रमा स्नात्तकोतर सम्मको अध्ययन गरेका महत राजनीतिक रुपमा निकै अनुभवि र एक अब्बल नेताका रुपका चिनिन्छन । सालिन‚ भद्र र मिजासिलो बानीव्यहार भएका उनी राजनीतिक रुपमा लिखु तामाकोशी गाउँपालिकाको वडा नं ४ साविक विजुलीकोट गाविसबाट राजनीतिक यात्रा सुरु गरेकाले स्थानीय स्तरका नागरिकहरुका समस्याहरुमा राम्रोसँग परिचित उनीलाई एक अशल व्यक्तित्वका रुपमा आम नागरिकहरुले लिने गरेका छन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

नयाँ नेतृत्व चयनपछि कांग्रेस केन्द्रीय समिति बैठक ललितपुरमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने भएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक १ माघमा ललितपुरको कुपन्डोलमा बस्ने तय भएको हो । महामन्त्री प्रदीप पौडेलको...

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

प्रेस युनियनको आग्रहः कांग्रेस एकताको पक्षमा अभिमत प्रकट गरौं

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले पार्टी एकताको पक्षमा अभिमत प्रकट गर्न सबैमा आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही...

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

ठेकेदार सम्पर्क विहीन, काम रोकियो, मजदुरले ज्याला पाउन सकेनन्

रामेछाप। नेपाल टेलिकमको टावर निर्माणको काम अधुरै छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि रामेछापका करिब १ दर्जन मजदुर अलपत्र परेको खुलेको छ। जिम्मेवारी दिने बेलामा सक्रिय भएका निर्माण व्यवसायि पौडेल काम अधुरो रहँदा सम्पर्कविहीन भएका छन् । यस्तो गैरजिम्मेवार...