रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का मेरमान विकका परिवारलाई गाउँपालिकाले खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । छिमेकी साङतेन्जी शेर्पाको कुटाईबाट पौष २५ गते गम्भिर घाइते भएका मेरमानको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको थियो ।
ज्यान गुमाएका मेरमान विकका परिवारलाई गोकुलगंगा गाउँपालिकाले मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई नगद दश हजार रुपियाँ सहित ३ बोरा चामल, ५ किलो दाल, ५ किलो नुन, १ थान सिरक र २ थान त्रिपाल सहयोग गरेको जनाएको छ । परम्परागत पेशा आरान काम गर्दै आएका मेरमानको मृत्यु भएपछी उनको परिवारको बिचल्नी भएको थियो ।