रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय रामेछापले मदीरा विक्रीवितरण र सेवनमा रोक लगाएको छ ।
प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्थापन निर्देशिका २०५८ को दफा ६ वमोजीम वैशाख २७ गते मगंलवार राती १२ वजेदेखी निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मका लागि मदिरा विक्रीवितरण र सेवनमा रोक लगाएको हो ।
प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनाको अटेर गरी मदीरा विक्रीवितरण गरेको र सेवक गरेको भेटिएमा प्रचलित कानुन वमोजीम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।