मध्यपहाडी सडक खण्डको काम अन्तिम चरणमा

Written by meropradesh creator

२८ पुष २०७७, मंगलवार

रामेछाप । पूर्वको पाँचथर हुँदै सुदुरपश्चिमको डडेलधुरा र बैतडीसम्म छुने मध्यपहाडी राजमार्ग अन्तर्गत रामेछापमा भित्र पर्ने ४५ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको छ ।
२०७३ सालबाट निमार्ण कार्य शुरु भएको मध्यपहाडी राजमार्ग अन्तर्गत रामेछाप जिल्लाको सुनकोशी नदि किनार हुँदै छिमेकी जिल्ला काभ्रे छिचोल्ने गरी सडकको काम रफ्तारमा भइरहेको छ । जिल्लाको दुई नगरपालिका र दुई गाउँपालिकाको सिमाना छुदै उक्त सडक काभ्रेमा गाभिने छ ।
रामेछाप भित्र पर्ने मध्यपहाडी राजमार्गको ४५ किलोमिटर सडक निमार्णको ट्रयाक ओपन गर्न करिव ७५ करोड रुपैयाँको लागतमा काम शुरुवात गरिएको हो । जसमा अहिलेसम्म अनुमानित करिव ६० करोड रुपैयाँ खर्च भइसक्दा आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । बाँकी १० प्रतिशत काम आउने २०७८ सालभित्र सम्पन्न गरिसक्ने गरी तिव्र गतिमा सडक निमार्णको काम भइरहेको मध्यपहाडी राजमार्ग आयोजनाका सव–इन्जिनियर शिशिर रमण आचार्यले जानकारी दिए ।
उनले भने– आयोजनाले २०८० सालसम्म सवै सडकको काम सकेर नेपाल सरकारलाई बुझाउने गरि भएको सम्झौता अनुसार हामीले सोही गतिमा कामलाई तिव्रता दिएका छौं । रामेछाप भित्र पर्ने ४५ किलोमिटर सडक मध्ये केही ठाउँमा काम गर्न वाँकी छ । त्यो बाँकी काम पनि हामी रफ्तारमा गर्दै छौं । रामेछाप भित्रको सडक आगामी २०७८ सालसम्म ट्रयाक ओपन गरिसक्ने र ८० सालभित्र कालोपत्रे गरीसक्ने गरी काम भइरहेको सब–इन्जिनियर आचार्यले बताए ।
मध्यपहाडी राजमार्गले जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिकाको रामेछाप बजार र सदरमुकाम मन्थली नगरपालिकाको मन्थली बजार हुँदै खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकाको केन्द्र भएर छिमेकी जिल्ला काभ्रे जोडिनु पर्ने रामेछापबासीको माग भएपनि उक्त माग पुरा भने हुन सकेन ।


मध्यपहाडी राजमार्ग रामेछाप जिल्लावासीहरुको भविष्यसँग जोडिएको मेरुदण्डको सडक हो । तर उक्त सडकले नत पुरानो सदरमुकाम रामेछापको केन्द्र नै छोएको छ । नत मन्थली सदरमुकामको विच भुभाग नै छोएको छ । यसरी सदरमुकाम नै नछोइ बाहिरी छेउवाट गएको सडकले जिल्लाको बिकासमा यसले ठूलो असर पार्ने नागरिक समाजका सदस्य बद्री नयाँघरे बताउँछन् ।
उनले भने– मध्यपहाडी राजमार्ग सडक सर्भे गर्दा नै रामेछापको केन्द्र हुँदै काभ्रे छोडिनु पर्ने हो । तर सडकको सर्भे गर्दा जिल्लाको केन्द्र नपारी जिल्ला मात्रै छुने हिसाबले जुन सर्भे भएर सडक निमार्णको अन्तिम चरणमा पुगेको छ यसले जिल्लालाई दिर्घकालिन रुपमा ठूलो असर पार्ने धारणा राखे ।
विपी राजमार्गले पनि नछोएको रामेछापको सदरमुकाम मन्थली पुनः मध्यपहाडी राजमार्गले समेत नछुने गरी निमार्ण भएको सडकले आम रामेछाप जिल्लामा व्यवसाय संचालन गर्दै आएका व्यवसायिहरुको हित विपरित भएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने– विपी राजमार्गले नछुदा रामेछापका आम व्यवसायीहरुले धेरै हैरानी र दुःख झेल्दै आएका छन् । मध्यपहाडी राजमार्ग भनेर खनिएको सडकले सदरमुकाम छुनु पर्ने हो, छोएन ? यो जिल्लाकै दुर्भाग्य पूर्ण कुरा हो ! सदरमुकाम नै नछोइ गएको सडकलाई कसरी मध्यपहाडी भन्नु ? मध्यपहाडी सडकवाट सदरमुकाम मन्थलीसम्म पुग्न १३ किलोमिटर टाढा जानु पर्ने वाध्यता रहेको छ ।
मध्यपहाडी राजमार्ग नाम दिइएको उक्त सडक रामेछापका ८ वटा स्थानिय तहहरु मध्ये जम्मा चारवटा पालिकाको बस्नी नै नभएको छेउछेउलाई मात्रै समेटेर जाने छ । चारवटा पालिकाको केही भू–भाग समेटेको उक्त सडकले जिल्ला सदरमुकामसम्म जोडिएको खण्डमा कोशेढुङ्गा सावित हुने जिल्लावासीहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...