मौरी पालन ब्यवसायबाट लाखौं आम्दानी

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

सन्तोष ढुङ्गेल
रामेछाप– रोजगारीको लागी दैनिक सयौ युवाहरु बिदेश गइरहेकोे अवस्थामा रामेछापको सुनापति गाउँपालिका–५ आहाल डाँडाका मौरी कृषक श्रीकृष्ण श्रेष्ठले मौरी पालन ब्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । २०७२ सालदेखि ब्यवसायिक रुपमा मौरी पालन सुरु गरेका श्रेष्ठले वार्षिक लार्खौ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । कामलाई सानो ठुलो नसम्झने हो भने नेपालमा पनि राम्रो सम्भाबना रहेको उनको दाबी रहेको छ । अर्काको देशमा गर्ने श्रम र बगाउने पसिना नेपालकै माटोमा बगाउन सके त्यहाको भन्दा दोब्बर कमाइ गर्न सकिने श्रेष्ठ बताउछन् ।
२०७१ सालमा जिल्ला कृषि विकास कार्यालय रामेछापबाट मौरी पालन ब्यवसाय सम्बन्धि तालिम पाएपछि श्रेष्ठले ‘आहालडाँडा उन्नत मौरी फार्म’ दर्ता गरि मौरी पालन तथा घार निर्माण ब्यवसाय सुरु गरेका थिए ।
३० लाख रुपैयाँ लागानीबाट ब्यवसायिक मौरी पालन सुरु गरेका श्रेष्ठले मह साथै मौरीको घार उत्पादन गरि बिक्रीवितरण गर्दै आएका छन् । १ केजी महलाई एक हजार रुपैयाँ पर्दछ भने एक घार मौरी ८ हजार रुपैयाँमा बिक्री हुने उनले बताए । गएको जेष्ठमा ८० घार, कार्तिकमा ४५ घार र ३ सय केजी मह बिक्रीबाट ६ महिनामा १३ लाख रुपैयाँ आम्दानी भएको कृषक श्रेष्ठले जानकारी दिए । हाल २ सय ५० घार मौरी रहेको र आगामी जेष्ठ महिनासम्ममा ७ सय घार पु¥याउने उद्देश्य रहेको कृषक श्रेष्ठको भनाई छ ।
उनले मौरीको घार बनाउन कारखाना नै सञ्चालन गरेका छन् । घार बनाउने कारखानामा दुई जनाले रोजगारी समेत पाएका छन् । मौरीको घार निर्माणबाट मासिक १ लाख रुपैयाँ आम्दानी हुने ‘आहालडाँडा उन्नत मौरी फार्म’ मार्फत घार निर्माण गर्दै आएका सिकर्मी ललित केसीले बताए । दैनिक ३ देखि ४ वटा सम्म मौरीको घार निर्माण गरिने र एउटा घारको १ हजार रुपैयाँ ज्याला लिने गरेको केसीको भनाई छ । मौरी पालक कृषक श्रेष्ठले मौरी पालन ब्यवसायसँगै फलपूmल तथा तरकारी खेती र बाख्रा पालन ब्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । फलपूmलको विरुवामा मौरीले परागसेचन गर्दा फलपूmल फष्टाउने भएकाले फलपूmल उत्पादनमा पनि बृद्धि भएको कृषक श्रेष्ठको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...