रामेछाप । रामेछापमा जिल्ला प्रहरी कार्यालय रामेछापले मास्क नलगाई बन्दको उल्लघन गरेको भन्दै दैनिक कार्बाही गरेपनी नागरीक भने अटेर गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पछिल्लो तिन दिनमा मास्क नलगाई हिडेको र बन्दको अबज्ञा गरेको भन्दै ४३ जनालाई कार्बाही गरेको छ ।
प्रहरीले मास्क नलगाउनेलाई १ सय रुपयाँको दरलेकार्बाही स्वरुप जरिवाना गर्दै आएको छ । जरीवाना गरेपनी नागरिकले भने अटेर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्लामा बुधबार २५ जना बिहिबार १६ जना र शुक्रबार २ जनालाई मास्क नलगाई हिडेको भन्दै जरीवाना गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी मंगलवार चारपाङ्ग्रे सवारी साधन १८ वटा मोटरसाइकल २५ वटाले नियम उल्लंघन गरेको बुधबार चारपाङ्ग्रे सवारी साधन २० मोटरसाइकल २६ वटा, बिहिबार चारपाङ्ग्रे सवारी साधन ६ वटा मोटरसाइकल ४१ वटा र शुक्रबार चारपाङ्ग्रे सवारी साधन ३५ वटा मोटरसाइकल ३३ वटाले नियम उल्लंघन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गानाले जानकारी दिए । ढुङ्गानाले भने जिल्लामा दैनिक रुपमा कोरोना संक्रमितको स्ख्या बृद्धि भएको अवस्थामा समेत नागरिकहरु सचेत नभएको भन्दै दुखः ब्यक्त गरे । प्रहरीले दैनिक रुपमा सुचना प्रसारण गरेपनी नागरीकले भने बन्दको उल्लघन गर्न छाडेका छैनन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...