मास उत्पादनमा बर्षेनी गिरावट

Written by meropradesh creator

३ पुष २०७७, शुक्रबार

रामेछाप । गतवर्ष मात्रै ३ मुरी मास उत्पादन भएको बारीमा यसवर्ष २ माथी मात्र उव्जनी भएपछि रामेछाप नगरपालीका वडा नं ८ राताटोलका मानवहादुर श्रेष्ठ अब आउने सिजनमा मास खेती लगाउने कि नलगाउने भन्ने चिन्ता किसानहरुमा बढेको छ ।
बर्षेनी मास उत्पादनमा गिरावट आउन थालेपछि बाली लगाउने सिजनमा अन्य वाली पो लगाउने हो की भन्ने सोचाईमा आफु पुगेको श्रेष्ठ वताउँछन् । एकवर्ष अघि मात्रै ३ मुरी मास विक्री गरेर ६६ हजार रुपैयाँ कमाउन सफल भएका उनी यसवर्ष २ माथी मासमा चित्त वुझाउन वाध्य भएका हुन् । श्रेष्ठ मात्र हैनन् त्यस क्षेत्रमा लगाएका सबै किसानहरुको मास विगत वर्षको तुलनामा कमी आएको हो ।
अन्य वालीको तुलनामा मास खेती कम लगानी र कम दुःख गर्दा सहजै राम्रो आम्दानी हुने र वजारको माग अत्याधिक मात्रामा भएकाले पनि किसानहरु अन्य वालीको तुलनामा मास खेती तर्फ वढी आर्कषित भएका हुन् । वजारमा गहत, मस्यागं भन्दा वढी मूल्य मासमा आउने भएकाले पनि किसानहरुको आकर्षण मासमा देखीएको हो ।
किसानहरुले खेती लगाउने समयमा प्रयाप्त मात्रामा वर्षात नहुनु र लगाइएको वालीमा समेत विभिन्न प्रकारका प्रकोपहरु देखा परेका कारण उत्पादनमा गिरावट आएको किसानहरु वताउँछन् ।विगत वर्षहरुमा आफुले घरमा खाएर वाँकी रहेको मास बिक्री गरेर राम्रो आम्दानी गरेका किसानहरु अहिले आफ्नै घरमा खान सम्म उत्पादन नभएपछि उनीहरु अहिले आफैले किनेर खानु पर्ने भएको बताउँछन् ।
किसानहरुले उत्पादन गरेको मास, वोडी, केराउ, गहत र मस्यागं वजार तथा हाटहरुमा सहजै विक्रि वितरण हुने गरेको छ । अन्य वालीको तुलनामा यी वालीको मुल्य समेत राम्रो आउने गरेको छ । रामेछापमा उत्पादीत गेडागुढीहरु रामेछापको अलावा छिमेकी जिल्ला दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक र काठमाण्डौं सम्म कोसेलीको रुपमा लैजाने गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...