रामेछाप । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लागी रामेछाप बाट ७ जना प्रतिनिधी चयन भएका छन् । पुस ११ गते देखि १३ गतेसम्म काठमाण्र्डौको प्रज्ञा भवनमा हुने सम्मेलनका लागी पार्टीको संगठित सदस्यको आधारमा रामेछापबाट सर्वसमत ७ जना प्रतिनिधी जयन भएको हो ।
रामेछापमा माओवादीको हाल कायम रहेको ९ हजार ४ सय २४ संगठित सदस्यबाट सात जना प्रतिनिधि चयन भएको माओवादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले जानकारी दिए । राष्ट्रिय सम्मेलनमाको लागि रामेछाप माओवादी केन्द्रका अध्यक्ष मैन कुमार मोक्तान, माओवादीका नेता एवं संविधानसभाका सदस्यद्धय डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ, नेता टंकलाल घिसिङ, प्रेम कुमार कार्की, सुनिता गौतम र मदन कालीकोटे रहेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...