काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ । १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जाल मार्फत लाइभ गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक लाइभ भए सङ्गतै खन्य राजनीतिक दलले पनि लाइभ गर्न सुरु गरेको हो ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।
पौडेलले भने ‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौँ । त्यसो हुँदा समाचार सङ्कलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’, उनले भने । यसअघि काँग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।