रामेछाप । नेपाली काँग्रेस खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुमले खीर कार्यक्रम सम्पन्न गरेको छ । आज साउन १५ खिर खाने दिन नेता कार्यकर्ताले खिर खादै शुभकामना आदान प्रदान गरेको छ । शुभकामना आदान प्रदान तथा खिर खाने क्रममा पार्टीको गुट उपगुटले पार्टीको अवस्था खस्कँदो रहेको प्रति दुःख व्यक्त गरे ।
वडा इकाई सभापति मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष नारायण कार्कीले नेता कार्यकर्तालाई शुभकामना व्यक्त गर्दै पार्टीको विभिन्न गतिविधि मध्य खिर खाने कार्यक्रम पनि एक भएकोले यस्ता खाले गतिविधि गरिरहनु पर्ने बताए । साथै आफू वडा अध्यक्ष समेत रहेकोले वडा कार्यालय बाट भएका कमी कमजोरीको बारेमा सुझाव दिन समेत नेता कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष कार्कीले भने–काम गर्ने क्रममा जानी नजानी गल्ती हुन सक्छ । तपाईँहरूले सुझाव दिन पर्छ ,खबरदारी गर्न पर्छ ।