माझीको पुख्र्याैली पेशा लोप हुँदै

Written by meropradesh creator

२७ पुष २०७७, सोमबार

रामेछाप । रामेछापमा कोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ, पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन हुने क्रम बढ्दो छ ।
रामेछापको कोशी निनारमा परम्परादेखी नै बसोबास गर्दै आएका माझी समुदायको पुख्र्यौली पेशा लोप हुन थालेको हो । आफ्नो पुख्र्यौली पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशा तर्फ लागि परेका छन् । पुस्तौ देखी कोशी किनारमा बसोवास गर्दै आएका माझी समुदायको पुख्यौली पेशा कोशीमा डुङ्गा तार्ने, माछा मार्ने र घरमा पारेको जाँड चौतारोमा लगेर बिक्री गर्ने पेशा अहिले लोप हुन लागेपछि माझीहरु वैकल्पीक पेशा तर्फ उन्मुख भएका हुन् ।
परम्परादेखी गर्दै आएको पेशा लोप हुनुको मुख्य कारण सडक निमार्ण भएसँगै कोशी र खोलामा मोटरेवल पुल ठाउँठाउँमा झोलुङ्गे पुल निमार्ण भएपछि माझी समुदायको डुुङ्गा तार्ने पेशा लोप हुन पुगेको हो । त्यसैगरी कोशीमा माछा मार्दै आएका माझीहरु पछिल्लो समयमा करेन्ट लगाएर अन्य मानिसहरुले माछा मार्न थालेपछि कोशीमा माछा पाउनै छाडेपछि उनीहरु माछा मार्ने पेशावाट पनि एकैसाथ विस्तापित हुन पुगेको मन्थली नगरपालिका वडा नं–१ की मञ्जु माझीले जानकारी दिइन ।
उनले भनिन– पुर्खा देखी गर्दै आएको पेशा अब एकादेशको कथा जस्तो बन्ने भयो । माझी समुदायको मुख्य पेशा भनेको कोशीमा माछा मार्ने, डुङा तार्ने थियो । अहिले कोशीमा नत माछा पाइन्छ । कोशीको ठाउँठाउँमा पुल वनेका छन् । त्यसैले पहिला गर्दै आएको पेशा अब नहुने भएपछि सवैजनाले नयाँ पेशाको खोजी गरेर काम शुरु गर्न लागेको माझीले बताइन ।
पछिल्लो समय जलवायु परिर्वतन सँगै एकातिर हिमालमा हिउँ पर्न छाड्नु, अर्कोतर्फ बर्षात कम हुँदा कोशीमा पानीको सतह कम हुन थालेपछि कोशीमा माछा कम हुँदै गएको माझी समुदायहरु बताउँछन् । त्यसैगरी कोशी किनारमा जताजतै इनार खन्नु, कोशीमा ठूलाठूला डोजर लगाएर वालुवा निकाल्ने, कोशीको धार परिवर्तन गर्ने गर्दा पानी धमिलो भएका कारण कोशीमा माछा कम हुँदै गएको र जालमा समेत माछा पर्न छाडेपछि पनि माझी समुदाय अन्यत्र पेशा तर्फ लागेको स्थानिय शुक्रे माझी बताउँछन् ।


माझी समुदाय रामेछापको तामाकोशी, सुनकोशी, लिखु नदीको किनारमा सदियौ देखी वसोवास गर्दै आएका छन् । पहिला सडक निमार्ण नहुँदा मानिसहरु गोरेटो वाटो पैदल हिड्ने गर्दथे । पैदल हिड्ने मानिसले पार्टी चौतारामा विक्री गर्नको लागि राखिएको जाँड किनेर खाने   गर्दथे ।
तर अहिले सडक निमार्ण भएसँगै गोरेटो वाटो हिड्ने मान्छे यातायातका साधनमा हिड्न थालेपछि माझी समुदायले वनाएको जाँड समेत विक्री हुन छाडेपछि उक्त पेशा समेत लोप भएको हो । अहिले माझी समुदायका युवा पुस्ता आफ्नो परम्परा पेशा छाडेर गाई पालन, तरकारी खेती, होटल तथा पसल सञ्चालन र केही वैदेशिक रोजगारीमा त कोही नेपाली सेना, प्रहरी र सरकारी कार्यालयमा काम गर्न थालेको नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्रवहादुर माझीले जानकारी दिए ।
उनले भने– अब परम्परा देखी गर्दै आएको पेशा जोगाउन गाह्रो भयो । माझीको पेशा जोगाउन सरकारले कोशीमा करेन्ट लगाएर माछा मार्ने व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारवाही गरेर रोक लगाउन सके माझी समुदाय उक्त पेशा तर्फ लाग्थे । अहिले करेन्ट लगाएर माछा सवै मारिदिएपछि कोशीमा हुने विभिन्न प्रजातीको जीवजन्तुसमेत नष्ट भएका छन् । माझीले कोशीमा पुल नहुँदा डुङा तारेर भएपनि आफ्नो जिविका चलाउँदै आएका थिए । तर अहिले ठाउँठाउँमा पुल वनाएपनि माझीले माछा नै मारेर जिविका चलाउन अझै सक्ने भएकाले यसतर्फ सरकारको ध्यान गए हुन्थ्यो इन्द्र बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...