माझी समुदायको मौलिक संस्कार र संस्कृति जोगाउन स्थानीय तहको पहलकदमी

रामेछाप, असार ७ — माझी समुदायको परम्परागत संस्कार र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मन्थली नगरपालिका–८ चिसापानीस्थित गाईखुरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति प्रतिष्ठानको साझेदारीमा माझी जागरण केन्द्र मन्थली–८ द्वारा आयोजित कार्यक्रममा स्थानीय सरकार, समुदायका अगुवा र विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रह्यो।

कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले मन्थली नगर क्षेत्रभित्र रहेका विविध जातजातिका मौलिक संस्कार र सांस्कृतिक सम्पदाको संरक्षणमा नगरपालिका कटिबद्ध रहेको बताउँदै समाजको विविधता नै हाम्रो साझा पहिचान भएको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहबाटै संस्कार र संस्कृति संरक्षणको प्रयास थाल्दा मात्र सामाजिक सहअस्तित्व सुदृढ बन्न सक्छ।”

संस्कृतिविद् डा. कृष्णभट्ट चन्द र नेपाल आदिवासी जनजाति महासंघ रामेछापका अध्यक्ष श्रीबहादुर माझीले कार्यक्रमलाई सम्बोधन गर्दै माझी समुदायको मौलिक जीवनशैली, चाडपर्व, विवाह, मृत्युसंस्कारलगायत परम्परागत अभ्यासबारे प्रष्ट व्याख्या गर्नुभयो। उहाँहरूले पछिल्ला समयहरूमा देखिएको सांस्कृतिक विचलन र बाह्य प्रभावका कारण मौलिक संस्कारहरू हराउँदै गएका विषयमा चिन्ता व्यक्त गर्दै संरक्षणमा समुदायकै अग्रसरता जरुरी रहेको धारणा राख्नुभयो।

वडाध्यक्ष तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले वडा नं. ८ मा बसोबास गर्ने माझी समुदायको सांस्कृतिक सम्पदा जोगाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले वडास्तरीय नीतिगत व्यवस्था तथा कार्यक्रममार्फत परम्परागत ज्ञान, व्यवहार र चिन्तनको पुनःस्थापना गरिने जानकारी दिनुभयो।

कार्यक्रममा मझे सावा, नेपाल माझी उत्थान संघ, महिला उत्थान संघ, विद्यार्थी उत्थान संघका प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्यहरूको समेत उपस्थिति थियो। उनीहरूले समुदायको सशक्तीकरणसँगै सांस्कृतिक उत्तराधिकारलाई जगेर्ना गर्न आवश्यक रणनीति र नीतिगत हस्तक्षेपका विषयमा समेत धारणा राखेका थिए।

कार्यक्रमले माझी समुदायको मौलिकता संरक्षणका लागि साझा प्रयास र ऐक्यबद्धता आवश्यक रहेको सन्देश दिएको छ। सहभागीहरूको भनाइमा, यस्तो खालको पहलले समुदायभित्र चेतना अभिवृद्धि गर्नुका साथै भावी पुस्तामा संस्कार हस्तान्तरण गर्न मद्दत पुग्नेछ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...