मन्थली –जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुटेर रामेछाप ल्याइएको भए फिर्ता गर्न आग्रह गरेको हो ।
यस जिल्लामा प्रहरी कार्यालय आगजनी वा लुटपाटका कुनै घटना नभएपनि अन्य जिल्लामा भएका घटनामा लुटिएका हातहतियार ल्याइएको हुन सक्ने सम्भावनालाई मध्यजनर गरी फिर्ता गर्न सूचना जारी गरिएको प्रशासनले जनाएको छ । सूचनालाई वेवास्था गरी लुटेको हतियार बुझाएको नपाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी सूचनामार्फत दिइएको छ ।










