ललिता निवास प्रकरणमा सीआईबीले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईसँग लियो बयान

Written by meropradesh creator

५ भाद्र २०८०, मंगलवार

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री देय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान कागज गराएको छ । सीआईबीले पूर्व प्रधानमन्त्री नेपाललाई आइतबार बेलुका र भट्टराईलाई सोमबार बिहान कागजी बयान गराएको हो ।
त्यसै गरी (सीआईबी)ले बालुवाटार पूर्व मन्त्री विजयकुमार गच्छदार र पूर्व राज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पुर्जी जारी भएका पूर्व मन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले हिजो बेलुका नै बयान लिएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरु विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेको लगायतका कर्मचारी भने फरार रहेको सीआईबी स्रोतले बताएका छन् । सीआईबीका एसएसपी दिनेश आचार्यले अनुसन्धान प्रक्रिया लगभग सकिएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो । मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री विजयकुमार गच्छदार र सो रायसहितको मिसिल तयार पार्ने काम सहसचिव नारायण गोपाल मले गोले गरेका थिए । मोहीलाई सट्टा भर्ना दिने क्रममा हुँदै नभएको मोही खडा भएर ‘भू माफिया’को कब्जामा सरकारी जग्गा गएको पाइएपछि उनीहरू यो प्रकरणमा मुछिएका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...