लकडाउनको अबधिमा रामेछापमा जर्वजस्ती करणीका घटना बढे

Written by meropradesh creator

१४ श्रावण २०७८, बिहीबार

रामेछाप । रामेछापमा लकडाउनको मौका छोपी जर्वजस्ती करणीका घटनाको संख्यामा विगत वर्षको तुलनामा बृद्धि भएको छ ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटनाहरु घटेका छन् । जसमध्ये १६ वटा जर्वजस्ती करणी र ७ वटा जर्वजस्ती करणी उद्योग घटनाका मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १६ वटा जर्वजस्ती करणी मुद्धामा संलग्न १४ जना आरोपीतलाई प्रहरीले तत्काल पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि नियन्त्रणमा लिएर केश चलिरहेको छ । यसवाहेक फरार रहेका २ जनाको हकमा प्रहरीले खोजी कार्य जारी राखेको छ । त्यसैगरी जर्वजस्ती करणी उद्योगमा ७ वटा मुद्धा दर्ता भएकोमा ६ जना आरोपीतलाई प्रहरीले पक्राउ गरि आवश्यक कानुनी कारवाही भइरहेको र सो मुद्धामा फरार रहेका एकजनाको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

प्रहरीले महिला हिंसा विरुद्ध विभिन्न जनचेतनाका कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानिय निकाय र बस्तीबस्तीसम्म लैजाने गरेको छ । तर पनि महिला घरेलु हिंसा, जर्वजस्ती करणी, जर्वजस्ती करणी उद्योग लगाएतका घटनाहरु भने विगत वर्षको तुलनामा झनै बृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । यस बिषयमा प्रहरीले स्थानिय तहहरुसँग मिलेर थप जनचेतना मुलक कार्यक्रमहरु लिएर ग्रामिण स्तरमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...