रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागी सोमबार देखी दुई दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले सोमबार र मङ्गलवार सञ्चालन गर्ने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घका सयाोजकहरुको सहभागिता रहेका छन् ।

गाउँपालिकाको केन्द्रको धोबीमा सुरु भएको क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले शैक्षिक सुधारका विषयमा सहजिकरण गरेको शिक्षा अधिकृत राम सिंह डडालले जानकारी दिए । कार्यक्रममा ४० वटा विद्यालयका करिब ६० जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घका संयोजकहरूलाई सहजिकरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागी शिक्षक अभिभावक र विद्यार्थीको मुख्य भूमिका रहने बताएका छन् । कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा.कोइरालाले पढ्नु र सिक्नुबिच आकाश जमिनको फरक रहेको बताए । पढ्नु पाठ्य पुस्तकसँग र सिक्नु व्यवहारसँग सम्बन्धित भएको भन्दै यो दुवै विषय सँग सँगै लैजानु पर्ने प्रा.डा.कोइरालाले बताए ।
गाउँपालिका अध्यक्ष केशव महतले शैक्षिक सुधार गाउँपालिकाको पहिलो चुनौती भएको भन्दै शैक्षिक क्षेत्रको सुधारको लागी गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । अध्यक्ष महतले भने– शिक्षा क्षेत्रको विकास जब सम्म हामी गर्न सक्दैन तब सम्म अन्य क्षेत्रको विकास हुदैन् । साधारण तय खुल्ला आँखाले हेर्दा सडक बन्नु भवन बन्नु विकास मानिन्छ । त्यो विकास भन्दा ठुलो विकास शैक्षिक क्षेत्रको विकास हो । हामीले शैक्षिक क्षेत्रको विकास गर्न शिक्षक अभिभावक विद्यार्थी समाजका अगुवा लगायत सँग बसेर धेरै छलफल गर्दै विद्यालय सुधारका प्रयास गरेका छौँ । धेरै परिवर्तन शिक्षामा गाउँपालिकाले गरी सकेको छ । अझै शैक्षिक सुधारको लागी हामी लागी परेका छौँ । जब सम्म शैक्षिक क्षेत्रको विकास हुँदैन तब सम्म कृषि क्षेत्रको समेत विकास सम्भव नहुने भन्दै पहिलो प्रार्थितता क्षिक्षा क्षेत्रको भएको अध्यक्ष महतले बताए ।