लिखुतामाकोशी गाउँपालिकामा शैक्षिक सुधारका क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

२१ फाल्गुन २०८०, सोमबार

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागी सोमबार देखी दुई दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले सोमबार र मङ्गलवार सञ्चालन गर्ने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घका सयाोजकहरुको सहभागिता रहेका छन् । 

गाउँपालिकाको केन्द्रको धोबीमा सुरु भएको क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले शैक्षिक सुधारका विषयमा सहजिकरण गरेको शिक्षा अधिकृत राम सिंह डडालले जानकारी दिए । कार्यक्रममा ४० वटा विद्यालयका करिब ६० जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घका संयोजकहरूलाई सहजिकरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागी शिक्षक अभिभावक र विद्यार्थीको मुख्य भूमिका रहने बताएका छन् । कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा.कोइरालाले पढ्नु र सिक्नुबिच आकाश जमिनको फरक रहेको बताए । पढ्नु पाठ्य पुस्तकसँग र सिक्नु व्यवहारसँग सम्बन्धित भएको भन्दै यो दुवै विषय सँग सँगै लैजानु पर्ने प्रा.डा.कोइरालाले बताए ।

गाउँपालिका अध्यक्ष केशव महतले शैक्षिक सुधार गाउँपालिकाको पहिलो चुनौती भएको भन्दै शैक्षिक क्षेत्रको सुधारको लागी गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । अध्यक्ष महतले भने– शिक्षा क्षेत्रको विकास जब सम्म हामी गर्न सक्दैन तब सम्म अन्य क्षेत्रको विकास हुदैन् । साधारण तय खुल्ला आँखाले हेर्दा सडक बन्नु भवन बन्नु विकास मानिन्छ । त्यो विकास भन्दा ठुलो विकास शैक्षिक क्षेत्रको विकास हो । हामीले शैक्षिक क्षेत्रको विकास गर्न शिक्षक अभिभावक विद्यार्थी समाजका अगुवा लगायत सँग बसेर धेरै छलफल गर्दै विद्यालय सुधारका प्रयास गरेका छौँ । धेरै परिवर्तन शिक्षामा गाउँपालिकाले गरी सकेको छ । अझै शैक्षिक सुधारको लागी हामी लागी परेका छौँ । जब सम्म शैक्षिक क्षेत्रको विकास हुँदैन तब सम्म कृषि क्षेत्रको समेत विकास सम्भव नहुने भन्दै पहिलो प्रार्थितता क्षिक्षा क्षेत्रको भएको अध्यक्ष महतले बताए ।  

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...