लिखुतामाकोशी गाउँपालिकामा प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा दुई दिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला” सम्पन्न भएको छ। चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक सहयोग र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक समर्थनमा सञ्चालन भएको यो कार्यशाला २२ गतेदेखि सुरु भई शुक्रबार सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यशालाको उद्घाटन लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले गरेका थिए। “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा, थप गरौँ लगानी प्रारम्भिक बालविकासमा” र “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने नाराका साथ सञ्चालन भएको उक्त कार्यक्रम दुई दिनसम्म चलेको थियो।

कार्यशालामा स्थानीय तहका सरोकारवालाहरुलाई प्रारम्भिक बाल विकासको अवधारणा र महत्वबारे जानकारी दिइयो। बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गर्न आवश्यक योजना निर्माणमा स्थानीय तहको भूमिका स्पष्ट पार्दै आगामी आर्थिक वर्षका योजना र बजेटमा बाल विकास क्षेत्रमा लगानी वृद्धि गर्न प्रेरित गर्ने उद्देश्य राखिएको छ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सहयोगमा तयार पारिएको स्रोत सामग्री २०७५ को आधारमा कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालामा बाल विकास अवधारणा, राष्ट्रिय रणनीति तथा स्थानीय तहमा योजना निर्माण र कार्यान्वयनका विषयमा प्रस्तुतीकरण गरियो।

कार्यशालामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै ७ वटै वडाका अध्यक्ष र प्रतिनिधि, वडा सचिव, शिक्षा, स्वास्थ्य, खानेपानी, योजना, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख, बाल सञ्जालका प्रतिनिधि, इसिडी मेन्टर र सरकारी संस्थाका प्रतिनिधि गरी ३९ जनाले सहभागिता जनाएका थिए।

कार्यशाला स्थानीय तहमा प्रारम्भिक बाल विकास नीतिगत रूपमा स्थापित गर्न महत्वपूर्ण कदम मानिएको छ। सहभागी जनप्रतिनिधि र शाखा प्रमुखहरुले गर्भावस्था देखि ८ वर्षसम्मका बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गीण विकास सुनिश्चित गर्न स्थानीय सरकार, सेवा प्रदायक संस्था, विद्यालय, अभिभावक, शिक्षा, स्वास्थ्य, सञ्चार र नागरिक समाजसँग समन्वय गरी सक्रिय भूमिका निर्वाह गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यशालाको समापन सत्रमा गाउँपालिका अध्यक्ष केशव महतले आगामी दिनमा बाल विकास क्षेत्रमा एकीकृत योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे भने उपाध्यक्ष दिपा पाख्रिनले सेतो गुराँसले गरेको कार्यक्रम सफल बनाउन पालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

अध्यक्ष महतको अध्यक्षतामा आठ सदस्यीय प्रारम्भिक बाल विकास समिति पनि गठन गरिएको छ। समितिमा उपाध्यक्ष दिपा पाख्रिन, कार्यपालिका सदस्य इन्द्रमाया श्रेष्ठ, शिक्षा, युवा खेलकूद शाखा प्रमुख जयकृष्ण चौलागाई, स्वास्थ्य शाखा प्रमुख किशोरी प्रसाद र कमला बस्नेत सदस्य रहेका छन्। प्रमुख प्रशासकीय अधिकृत रामसिंह डँडाल समितिको सदस्य–सचिव छन्। समिति शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, कृषि र पशुपालन क्षेत्रमा समन्वय गर्दै बाल विकास कार्यक्रमको प्राविधिक सहयोग र अनुगमन गर्नेछ। कार्यशाला गाउँपालिका नजिकैको विद्यालय भवनको हलमा सम्पन्न भएको थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...