लिखुकी उपाध्यक्ष र तिल्पुङका वडा अध्यक्ष जेल चलान हुने

Written by meropradesh creator

१० बैशाख २०७८, शुक्रबार

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा दाहाल र वडा नं ७ तिल्पुङका वडा अध्यक्ष शुबास बोहोरा जेल चलान हुने भएका छन् ।
उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाण्डौंका जिल्ला न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यसैगरी सोही पालिकाको वडा नं ७ का वडा अध्यक्ष बोहोरालाई पनि १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । अदालतले दोषी ठहर गरि जेल सजाय र जरिवाना समेत तोकेपछि दुवै जना जेल जाने भएका हुन् ।
केही वर्ष पहिले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कासँग सोही गाउँपालिका वडा नं ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग गरेका थिए । आफुहरुले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरुलाई समेत मार्ने सम्मको धम्की दिन लगाउने मुख्य योजनाकारको रुपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुद प्रमाणको आधारमा जिल्ला अदालत काठमाण्डौंले उनीहरुलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो ।
सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखुतामाकाशी गाउँपालिका वडा नं ७ का (मिलन) भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको छ ।

फरार उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई खोज्दै प्रहरी
चन्दा असुल्ने र रकम नदिए ज्यान मार्नेसम्मको योजना बुन्ने लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र वडा अध्यक्ष शुबाष बोहोरालाई पक्राउ गर्न प्रहरी खोजी कार्यमा जुटेको छ ।
जिल्ला अदालत काठमाण्डौंले उनीहरु दुवैलाई उक्त घटनामा दोषि ठहर्याए देखी नै उनीहरु काठमाण्डौंमा लुकिछीपि बस्दै आएका थिए । अदालतले उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई दोषी ठहर्याएको केही हप्तापछि बिहिवार मात्रै कैद र जरिवानाको फैसला सुनाएको हो । जिल्ला अदालत काठमाण्डौंले कैद फैसला सुनाएसँगै उनीहरु दुवैलाई पक्राउ गर्न आवश्यक प्रहरी परिचालन गरिएको श्रोतले जानकारी दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...