लिखुकी उपाध्यक्ष र तिल्पुङका वडा अध्यक्ष जेल चलान हुने

Written by meropradesh creator

१० बैशाख २०७८, शुक्रबार

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशीखा दाहाल र वडा नं ७ तिल्पुङका वडा अध्यक्ष शुबास बोहोरा जेल चलान हुने भएका छन् ।
उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाण्डौंका जिल्ला न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यसैगरी सोही पालिकाको वडा नं ७ का वडा अध्यक्ष बोहोरालाई पनि १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । अदालतले दोषी ठहर गरि जेल सजाय र जरिवाना समेत तोकेपछि दुवै जना जेल जाने भएका हुन् ।
केही वर्ष पहिले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कासँग सोही गाउँपालिका वडा नं ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग गरेका थिए । आफुहरुले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरुलाई समेत मार्ने सम्मको धम्की दिन लगाउने मुख्य योजनाकारको रुपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुद प्रमाणको आधारमा जिल्ला अदालत काठमाण्डौंले उनीहरुलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो ।
सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखुतामाकाशी गाउँपालिका वडा नं ७ का (मिलन) भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको छ ।

फरार उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई खोज्दै प्रहरी
चन्दा असुल्ने र रकम नदिए ज्यान मार्नेसम्मको योजना बुन्ने लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र वडा अध्यक्ष शुबाष बोहोरालाई पक्राउ गर्न प्रहरी खोजी कार्यमा जुटेको छ ।
जिल्ला अदालत काठमाण्डौंले उनीहरु दुवैलाई उक्त घटनामा दोषि ठहर्याए देखी नै उनीहरु काठमाण्डौंमा लुकिछीपि बस्दै आएका थिए । अदालतले उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई दोषी ठहर्याएको केही हप्तापछि बिहिवार मात्रै कैद र जरिवानाको फैसला सुनाएको हो । जिल्ला अदालत काठमाण्डौंले कैद फैसला सुनाएसँगै उनीहरु दुवैलाई पक्राउ गर्न आवश्यक प्रहरी परिचालन गरिएको श्रोतले जानकारी दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...