लिखु तामाकोशीवासीले मेरो नेतृत्वबाट समृद्धिको स्वाद लिनेछनः महत

Written by meropradesh creator

२३ बैशाख २०७९, शुक्रबार

रामेछाप । नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षका उम्मेद्वार केशव महतले आफ्नो नेतृत्वबाट मात्र लिखु तामाकोशी गाउँपालिकाको समृद्धिको यात्रामा अगाडि बढने बताएका छन् । गाउँपालीकामा नेपाली कांग्रेसले नेतृत्व गरे मात्र त्यसको स्वाद आगामी ५बर्षको अवधिमा लिखुबासीले लिने बताएका छन ।

पालिकाका ७ वटा वडाहरुका विभिन्न स्थानहरुमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार महतले विगतमा लिखु तामाकोशी गाउँपालिका भित्र जे जस्ता गतिविधिहरु भए त्यसबाट आम नागरिकले भोग्नु परेका पीडामा मलम लगाउँदै समुन्नत र सम्मानीत लिखु तामाकोशीवासी बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेकोले बताएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका उम्मेद्वारहरुले पैसाको बलमा लिखुमा चुनाव जित्ने दम्भ देखाएको भन्दै त्यस तर्फ कटाक्ष गर्दै महतले भने आफूहरुको त्यस्तो रणनीति र दम्भ नरहेको र आफ्नो नेतृत्व विजय हुने सम्पूर्ण शक्ती आम लिखु तामाकोशी गाउँपालिकावासीहरुले आफु प्रति देखाएको सद्भाव र लिएको विश्वास नै रहेकोले आफ्नो विजय सुनिश्चित रहेको बताएका छन ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिमा यान्त्रिकरण सहितको आधुनिकीकरण, रोजगार, पूर्वाधार विकास, सुशासन, भष्ट्राचाररहित पालिका, बनाउन आफ्नो उम्मेदवारी रहेको समेत महतले बताउदै आएका छन् ।

लिखुका नागरिकहरुको सम्मानीत जीवनयापन, लगायतका विषयहरुमा आफ्नो नेतृत्वबाट आगामी ५ बर्षमा गर्ने कार्यको प्रतिवद्धता सहित लिखुवासीसँग मत मागिरहेको महत नेतृत्वलाई लिखुका सबै वडाहरुमा नागरिकहरुको उल्लेख्य सहभागिता सहितको साथ रहेको देखिन्छ भने राजनीतिक वृतमा समेत महत नै विजय हुने चर्चाछ ।

पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबाट उमेद्ववार हुने अधिकांश व्यक्तिहरु राजनीतिक पृष्ठभूमि भन्दा पनि ठेक्का पट्टा गर्ने र क्षणिक स्वार्थका लागि राजनीतिक दल प्रवेश गर्ने गरेर आएका ब्यक्तिहरु रहेको कांग्रेस उम्मेदवार महतको भनाई रहेको छ ।

शैक्षिक र राजनीतिक हिसावले पालिका अध्यक्षको लागि योग्य र सक्षम उम्मेदवार महतमात्र रहेको अन्य राजनीतीक दलका नेता कार्यकर्तामा समेत कुरा हुने गरेको स्थानिय नेताहरुको भनाई रहेको छ । महत सालिन भद्र र अन्य राजनीतिक दलहरुको अस्तित्वलाई समेत समाहित गरेर समुन्नत पालिकाको खाका कोर्न सक्ने अब्बल व्यक्ति रहेको कांग्रेस नेताहरुको भनाई छ ।

एक पार्टिले अर्को पार्टी तथा नेता कार्यकर्ताहरुलाई तुक्ष ढङ्गबाट गाली र एक अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने परिपार्टीको विकास हुदै गएको नेपालको राजनीतिमा महत जस्ता राजनीतिक व्यक्तिको खाँचो रहेको गाउँपालिकाका कांग्रेस सभापती भोजबहादुर खड्का सन्दर बताउँछन ।

लिखुबासीहरु विगतका दिनहरुमा पनि लिखुमा राजनीतिक दलहरु भित्र फैलिएको आन्तरिक अन्तरविरोधको नराम्ररी शिकार बनेका लिखुवासीहरु फेरी पनि त्यस्तो नहोस भन्ने तर्फ सचेत हुँदै महतको नेतृत्वबाट नै पालिकाको समुन्नती हुने र महत बिजय हुने कुरामा आफु बिश्वस्त रहेको कांग्रेस सभापती खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...