लिखु तामाकोशी गाउँपालिका ५ नागदहमा आजदेखि तेस्रो वडा अध्यक्ष कप अन्तर्गत पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजना तथा बुद्धजनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको उद्घाटन लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले गर्नुभएको हो। सो अवसरमा उहाँले खेलकुदको विकास र खेलाडीहरूको प्रवर्द्धनमा स्थानीय सरकार सधैं सकारात्मक रहेको बताउनुभयो। भोली सम्म चल्ने यस प्रतियोगितामा कुल ५ वटा टिमहरूबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको वडाध्यक्ष रोमबहादुर तामाङले बताउनु भयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीहरूले क्रमशः नगद ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ।









