लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष दोषी ठहर

Written by meropradesh creator

२७ चैत्र २०७७, शुक्रबार

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरालाई काठमाण्डौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपाने र वडा नम्बर ७ का वडा अध्यक्ष सुवाश बोहोरा अपराधिक लाभ एक्टेक्सन मुद्धामा दोषि ठहर भएका हुन । गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्कालाई भने जति चन्दा नदिए गोली हानेर मार्ने धम्की दिएको आरोपमा लोप्सन भन्ने मिलन तामाङ र अमृत तामाङसगैं अभियुक्त बनाईएका उनीहरुलाई बुधबार काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले दोषी ठहर गरेको हो । उक्त मुद्धामा आरोपित तिल्पुङकै ध्रुब कार्कीलाई भने अदालतले सफाई दिएको छ ।

मुलुकी फौजदारी संहिता बमोजिम अदालतमा विचाराधिन मुद्धामा पहिलो चरणमा दोषी हो होईन भन्ने कुराको टुंगो लगाएर मात्र सजाय निर्धारण गर्ने गरिन्छ । दोषि ठहर भएपछि अब उनीहरुलाई कानुन बमोजिम अदालतले बढीमा ७ बर्ष सम्मको कैद फैसला सुनाउन सक्छ । यसअघि अदालतले उनीहरुलाई धरौटी लिएर तारेखमा छाडेको थियो ।

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्काले आफुलाई तामाङले २ करोड रुपैयाँ चन्दा नदिए परिवार सहितको ज्यान लिने धम्की दिएको र त्यस कार्यमा उपाध्यक्ष न्यौपाने ,वडा अध्यक्ष बोहोरा र तत्कालिन माओवादी केन्द्रका नेता ध्रुव कार्की समेतको संलग्नता रहेको भन्दै जाहेरी दिएका थिए । अध्यक्ष र उपाध्यक्ष विच फौजदारी मुद्धा चलेपछि पालिकाको काम २ बर्षदेखि अलपत्र हुँदै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...