ओखलढुंगा । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा “लिखु अध्यक्ष कप २०८०” फागुन ३० देखि चैत्र ३ गते सम्म आयोजना गरेको छ । लिखु गाउँपालिका खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो । गाउँपालिकाको सहयोगमा हुने “लिखु अध्यक्ष कप २०८०” अन्र्तगत भलिबल खेल प्रतियोगिताको पुरस्कार राशी महिला र पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ क्रमश: नगद रु. १ लाख ५० हजार शिल्ड, मेडल तथा प्रमाण– पत्र, नगद रु. १ लाख शिल्ड, मेडल तथा प्रमाण– पत्र, नगद रु. ७० हजार शिल्ड, मेडल तथा प्रमाण– पत्र र नगद रु. ४० हजार शिल्ड, मेडल तथा प्रमाण–पत्र रहेको गाउँपालिकाले जनाएको छ ।
। भलिबल विधागतर्फ उत्कृष्ट पुरुष तथा महिला लाई समेत पुरस्कारको व्यबस्था रहेको आयोजकले जनाएको छ । खेलाडीहरुले फागुन २९ गते बेलुका ५:०० बजे सम्म टिम दर्ता गराउनु पर्ने छ भने टिम दर्ता शुल्क रु. १० हजार तोकेको आयोजकले जनाएको छ । खेल टिममा बढिमा ९ जना खेलाडी र १ जना प्रशिक्षक सहित जम्मा १० जना सहभागी हुन पाउँने छन् । सो भन्दा बढि खेलाडी सहभागी भएमा खाना–बास लगायतकोे व्यावस्था स्वयम् आफैले गर्नु पर्ने खेलकुद विकास समितिका सदस्य–सचिव पोकल मगर जानकारी दिए । खेलाडी र प्रशिक्षकलाई भने गाउँपालिकाले खाने बस्ने ब्यवस्था गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...