रामेछाप र ओखलढुंगा जिल्लाको सीमामा रहेको लिखु नदीमा निर्माण भएको लिखु ४ विद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरि ५२ दशमलव ४ मेगावाट विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।
आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय केन्द्रिय प्रशारण लाइनमा जोडेको हो । ग्रिनभेन्चर लिमिटेडले २०१८ अक्टोबरबाट निर्माण शुरु गरी ३ वर्षमा आयोजना सम्पन्न गरेर नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न थालेको हो । रामेछापको उमाकुण्ड गाउँपालिका ७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङ मार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।
उत्पादन गृहमा २ वटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युतलाई २ सय २० केभी प्रशारण लाइन मार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिका १३ मा निर्माण भएको न्यू खिम्ती सब स्टेशनमा जोडिएको हो । ग्रिनभेन्चर लिमिटेडका अध्यक्ष सुभाष संघाईले निर्माणको क्रममा रामेछाप र ओखलढुंगाका राजनीतिक दल र आम नागरिकले आयोजना निर्माणमा पु¥याएको सहयोगको प्रशंसा गर्दै तत्कालै सर्वसाधारणको लागि पनि शेयर निष्काशन गर्ने बताएको छ ।
त्यस्तै रामेछाप जिल्ला रओखलढुंगा जिल्लाको अधिकांश भूभाग प्रभावित क्षेत्रमा पर्ने भन्दै केही वडालाई मात्र समेट्न नहुने भन्दै प्रभािित क्षेत्र छुट्याउँदा जिल्लाका राजनीतिक दलहरु सँग बसेर सल्लाह गर्न प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले आयोजनालाई आग्रह गरे । साथै श्रेष्ठले रामेछाप जिल्लामा लगानीको वातावरण बन्दै गएकाले लगानी गर्ने निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् । सुरुमा १ सय २० मेगावाट क्षमतामा उत्पादन गर्ने गरी डिजाइन गरिएको लिखु– ४ जलविद्युत आयोजनामा भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम थालेको थियो ।