लगातार दोस्रो जित प्रधानमन्त्री कपमा बागमती प्रदेशको

Written by meropradesh creator

५ माघ २०७७, सोमबार

काठमाडौँ । बागमती प्रदेशले लगातार प्रधामन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोसो जित हात पारेको छ । सोमबार भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १८० रनले पराजित गरेको हो ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा सुदूरपश्चिम प्रदेशले टस जिते फिल्डिङ गरेपछी वाग्मती प्रदेशले पहिला ब्याटिङ गरेको थियो । वाग्मती प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २९९ रन बनाएको थियो । तीन सय रनको विजय लक्ष्य पाएको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सकेको थियो । वाग्मतीका लागि पृथु बाँस्कोटा र आदिल खानले अर्धशतकीय पारी खेलेका थिए । बाँस्कोटाले ९४ बलमा ८४ रनको योगदान दिएका थिए । यसक्रममा उनले दुई छक्का र १० चौका प्रहार गरका थिए ।
यस्तै खानले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले ३२, विपीन आचार्यले ३२, पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ तथा रामनरेश गिरीले अविजित १० रन बनाएका थिए ।
बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन, भोजराज भट्ट र सन्तोष भट्टले दुई दुई तथा विनोेद लामाले एक विकेट लिएका थिए । तीन सय रनको विजय लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरमा ११९ रन मात्र बनाउन सकेको थियो । सुदूरपश्चिमले ६ ओभर खेल्दा पाँच विकेट गुमाएको थियो । त्यो बेला उसको स्कोर १८ मात्र रहेको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले अविजित ४४, अर्जुन साउदले ३१ तथा किरण ठगुन्नाले २४ रन बनाएका थिए । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरी एक्लैले चार विकेट लिएका थिए । उनले पाँच ओभर बलिङ गर्दै ३२ रन मात्र खर्चिएका थिए । यस्तै नन्दन यादवले दुई तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले एक एक विकेट लिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...