रामेछाप । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापको अध्यक्ष पुनः लेख बहादुर विक चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिवेशनले लेख बहादुर विकलाई पुनः अध्यक्षमा पदमा चयन गरेको छ ।
अधिवेशनले आफ्ना प्रतिनिधि सदस्य हरूबाट विकको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति सर्व सम्मत रूपमा चयन गरेको हो । समितिको पदाधिकारीमा क्रमशः उपाध्यक्षमा राजु मुग्राती¸ सचिवमा शर्मिला विसुन्खे र कोषाध्यक्षमा गोपाल नेपाली चयन हुनु भएको छ ।अधिवेशनबाट मिलन विक, दीपेन्द्र नेपाली, सम्झना उर कुटि, कल्पना नेपाली, कुमार मिजार, कुलबहादुर रोका र सुशीला मुग्राती जिल्ला कार्यसमितिमा चयन गरेको छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष लेख बहादुर विकको अध्यक्षता तथा मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा प्रमुख लव श्रेष्ठले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घलाई दलित हक हित र अधिकारको साथै समाज परिवर्तनको संवाहक हुने गरी काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका केन्दिय सदस्य भीम बहादुर नेपाली पूर्व केन्द्रीय सदस्य कमला नेपाली लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष हरूलाई पनि औपचारिक कार्यक्रमका साथ सम्मान गरिएको थियो ।