लेबल नभएका र म्याद गुज्रेका खाद्यान्न बिक्रीमा रोक

Written by meropradesh creator

१८ जेष्ठ २०७९, बुधबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा नाम चलेका चर्चित ब्यवसायीहरुले नै लेबल नभएका र म्याद गुज्रेका अखाद्य सामाग्री विक्रीवितरण गर्दै आएको भेटेपछि घरेलु तथा साना उद्योग कार्यालयले बिक्रीवितरणमा रोक लगाएको छ ।

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष गम्भिर असर पर्ने किसिमका लेबल नभएका खाद्यान्न र म्याद नाघेका सामाग्री विक्रीवतरण गर्दै आएको भन्ने उपभोक्ताहरुको गुनासो आधारमा घरेलु तथा साना उद्योग कार्यालय रामेछापको अगुवाईमा मंगलवार सदरमुकाम मन्थलीमा रहेका मुख्य–मुख्य ८ वटा खाद्यान्न तथा थोक बिक्रेता पसलमा गरिएको अनुगमनको क्रममा जिल्लामा नै नाम चलेका चर्चित व्यापारी र रामेछाप उद्योग बाणिज्य संघमा समेत आवद्ध भएका छ जना पदाधिकारीको पसलमा म्याद नाघेका र खाद्यान्नमा लेवल नराखी बिक्रीवितरण गर्दै आएको अनुगमनको टोलीले फेला पारेको छ ।

अनुगमनको क्रममा जि.एस.युनिभर्सल प्रा.लि.का संचालक श्याम थापाको पसलबाट काजल ब्राण्डको ३० केजीको २ सय ७५ बोरा चामलमा लेबलिङ्ग नभएको भेटिएपछि बिक्री बितरणमा रोक लगाएको हो । व्यवसाय संचालन गर्दै आएका थापा रामेछाप जिल्लाकै सबैभन्दा ठूला व्यवसायी मध्ये पर्दछन्, उनी रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

त्यस्तै मनकामना स्पलार्यसका संचालक पबन कठायतको पसलमा गोदाम गरि राखिएको शिव शक्ति ब्राण्डको सोना मन्सुली ३० केजीको १ सय ३५ बोरा चामलमा लेबलिङ्ग नराखी बिक्रीविरतणको लागि राखिएको भेटिएको छ । अनुगमन टोलीले तत्काल बिक्रीवितरणमा रोक लगाई ७ दिनभित्र बिल बिजकको कागजात लिई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै संचालक कठायतलाई फर्मको पूँजी कम देखाई व्यवसाय संचालन गर्दै आएको देखिन आएकाले तत्काल पूँजी बृद्धि गर्न समेत निर्देशन दिइएको छ । संचालक कठायत हाल रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष पदमा रहेका छन् ।

त्यसैगरी अनुगमनको टोलीले पि.के.जनरल स्र्टोस मन्थलीका संचालक प्रकाश श्रेष्ठको पसलवाट म्याद गुज्रेका ४० वोरा चिउरा, कनिका २० वोरा, झोला चिउरा १० पाकेट, १ केजीको चिउरा १५ पाकेट र ५ केजीको चिउरा १० पाकेट फेला पारेको छ । त्यस्तै थापा स्र्टोसमा ॐ श्री शान्ती कनिका चामल ३० केजीको २२ बोरामा लेवलिङ्ग नभएकाले विक्रीको लागि रोक लगाइएको छ ।

अनुगमन समितिले हिमगंगा स्र्टोस एण्ड सप्लार्यसका संचालक तुलादेवी उपाध्यायको पसलवाट जगदम्वा ब्राण्डको सोना मनसुली चालम ३० केजीको ६८ बोरा लेवलिङ्ग नभएको फेला पारेको छ । त्यसैगरी अनुगमन टोलीले एन.एण्ड एस स्र्टोसका संचालक यज्ञ सुबेदीको पसबाट ३० केजीको कनिका ५७ बोरा लेबलिङ्ग नभएको फेला पारेको छ । संचालक सुबेदी हाल रामेछाप उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य रहेका छन् ।

व्यवसायीहरुले खाद्यान्न लगाएतका दैनिक उपभोग्य सामाग्रीहरुमा एकाएक मूल्य बृद्धि गरेको भन्दै आम उपभोक्ताहरुले गुनासो गरेको आधारमा घरेलु तथा साना उद्योग कार्यालय रामेछापको अगुवाईमा खाद्यान्न पसलको अनुगमन गरिएको हो । अनुगमनको क्रममा उपभोक्ताले गुनासो गरेजस्तै व्यवसायीको पसलवाट खाद्यान्न सामाग्री फेला परेकाले तत्काल लेबलिङ्ग नभएका खाद्यान्न बिक्रीमा रोक लगाई ७ दिनभित्र बिल बिजक कागजात सहित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख सुवोध कुमार शाह कर्मयोगीले जानकारी दिए । उनले भने– हामीले सदरमुकाम मन्थलीको मुख्यमुख्य खाद्यान्न तथा थोक विक्रेता पसलको अनुगमन गरी ती व्यवसायीलाई आवश्यक कानुनी दायरामा ल्याउन प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालय रामेछापमा बुझाइएको पनि प्रमुख कर्मयोगीले बताए ।

नागरिकको स्वास्थ्यमा गम्भिर असर पर्ने किसिमका खाद्यान्न विक्री गर्न कुनै पनि व्यवसायीलाई छुट नभएको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनले भने– रामेछाप उद्योग वाणिज्य संघको जिम्मेवार पदमा बसेका पदाधिकारीहरु नै नागरिक प्रति संवेदनशिल नभएको देखिएपछि अन्य व्यवसायीहरुको के कुरा गर्नु । स्थानिय प्रशासनले अनुगमन गरेका व्यवसायीलाई कानुनी दायरामा ल्याई अन्य व्यवसायीहरुको पनि पसल अनुगमगन गर्नुपर्ने बताए ।

अनुगमनमा घरेलु कार्यालयका प्रमुख सुवोध कुमार शाह कर्मयोगी, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत सुनिता थापा, मन्थली नगरपालिकाका अधिकृत दीपक प्रसाद सुवेदी र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे सहितको टोली रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...