लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।

कांग्रेसको उम्मेदवार छनोट प्रक्रियामा खड्कासहित पाँच जना नेताहरूको नाममा दिनभर छलफल चलेको थियो । अन्ततः संगठन निर्माण, नेतृत्व अनुभव र जिल्लामा पार्टीको आधार मजबुत बनाउन खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै खड्कालाई टिकट दिने निर्णय गरिएको कांग्रेस स्रोतले जनाएको छ ।

टिकट पाएको विषयमा सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिँदै खड्काले आफूलाई पार्टीले आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको पुष्टि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताउँदै संगठन र जनताको विश्वासलाई मतमा रूपान्तरण गर्ने गरी चुनावी अभियान अघि बढाइने प्रतिक्रिया दिएका छन् ।

रामचन्द्र खड्का यसअघि २०७० सालमा सम्पन्न संविधान सभा सदस्य निर्वाचनमा रामेछाप क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । शिक्षण पेशामा आबद्ध उनी शिक्षा क्षेत्रसँगै राजनीतिमा पनि निरन्तर सक्रिय रहँदै आएका नेता हुन् ।

खड्का नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति भएर डेढ दशकभन्दा बढी समय नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । पार्टी संगठन विस्तार, कार्यकर्ताबीच एकता कायम राख्न र जिल्लामा कांग्रेसको संगठन सुदृढ बनाउन उनको योगदान उल्लेखनीय रहेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

कांग्रेसले अनुभवी र संगठनमा जरा गाडेका नेतालाई उम्मेदवार बनाएसँगै रामेछापमा चुनावी माहोल थप तातेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...