लामो दुरीको सवारी साधन चलाउन नपाइने
मन्थली -भारी वर्षाका कारण कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दुरीका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै शनिबारदेखि तीनदिनसम्मका लागि लामो दुरीका सवारीसाधन आवागमनमा रोक लगाएको हो । त्यस्तै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिन सवारीसाधन चलाउन पनि रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
भारी वर्षाका कारण सम्भावित जोखिम न्यूनिकरण गर्न सवारी साधन सञ्चालनमा रोक लगाइएको सूचनामार्फत जानकारी दिदैँ यो अवधिमा सुरक्षित रहन अनुरोध गरिएको छ ।









