लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नारामा सिमीत ः प्रतिष्ठित परिवारका बुहारीनै हिंसामा

Written by meropradesh creator

१० मंसिर २०७८, शुक्रबार

रामेछाप । देश भर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा जिल्लाकै प्रतिष्ठित परिवारका बुहारीनै हिंसामा परेकी छिन् । विहिबार बाट देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आरम्भ भएको छ । “घरैबाट सुरु गरौ,महिला हिंंसा अन्त्य गरौ ”भन्ने मुल नारासहित दिबस मनाई रहदा सदरमुकाम मन्थली बजार संगै रहेको एक प्रतिष्ठित परिवारमा एक बुहारीको विचल्ली भएको छ । गरिबी र जातियताका आधारमा परिवारको सदस्यहरुबाट अपमानीत हुनु पर्दा २७ वर्षिय विनु कठायत यादबको बिचिल्ली भएको हो ।
ब्यापार क्षेत्रमा राम्रो पहँुच रहेको बिनुको परिवार मन्थलीको प्रतिष्ठित र घरानिय परिवार पनि हो । उनको परिवारमा ससुरा बिमल कठायत रामेछाप नगरपालीका वडा नं १ का वडा सदस्य समेत हुन् भने काका ससुरा पवन कठायत रामेछाप उद्योग वाणिज्य संघ रामेछापका कोषाध्यक्ष पनि हुन । कठायत परिवारको मन्थलीमा चलेको पसल र होटल पनि छ । बुढा ससुरा जय बहादुर कठायत भुतपुर्व सैनिक संघ रामेछापका अध्यक्ष पनि हुन् । धार्मिक हिसाबले कठायत परिवार प्रणामि परिवार पनि हो
सोलुखुम्बु माईति भएकी बिनु कठायत यादबका बाबु परलोक भई सकेको र आमा दिर्घरोगि भएकोले उनका सहयोगि र आफन्त पनि कोहि छैनन् । यादब थर जोडिएको र पारिवारीक विपन्नताका कारण उक्त परिवारले आफुृमाथी अपमान जनक र अमानविय ब्यवहार गर्दे. आएको गुनासो उनले गरेकि छिन् । ३ बर्ष अघि बुहारीको रुपमा भित्रिएको बताउने बिनुले भक्तपर ठिमीको घरमा लगेर प्रदिप कठायतले बिवाह गर्ने आश्वासनमा २ बर्ष सम्म पटक पटक आफु संग शारिरिक सम्बन्ध राखेको बताईन् ।
सोहि क्रममा आफु आमा बन्ने जनकारी आफुले प्रदिपलाई गराए पछी बिभिन्न बहाना बनाएर छल्दै आएको बिनुको आरोप छ । परिक्षणको क्रममा पाठेघरको नलीमा बच्चा बसेको भन्दै चिक्त्सिकले अप्रेसन गर्न सुझाए । त्यतिबेला पनि प्रदिपले वास्ता नगरेपछी आमाले खर्च जुटाएर अप्रेशन गरेको बताइन् । तर पाठेघरको नलीमा बच्चा बसेको कारण पाठेघरको नली समेत काटेर फाल्न परेको उनको भनाइ छ ।
अप्रेशन पछी सम्पर्कमा आएका प्रदिपले अस्पतालबाट होटलमा लगेर आफुलाई राखेको र होटलमा लगेर राखेको चौथो दिन जवरजस्ती गर्न खोजे पछी अप्रेशन गरेको टाँका उकिएपछि भने प्रदिपले आफुलाई अस्पताल लगेर लडेका कारण उक्त टाँका उक्एिको भन्न लगाएको उनले बताईन । जुन बेला सम्म आफुलाई प्रदिप माथी पुर्ण विश्वास रहेको उनको भनाई छ । अस्पतालबाट जडिबुटिको एक होटलमा छाडेर प्रदिप सम्पर्कमा नआए पछी मात्र उसले आफु माथि षडयन्त्र गरेको भन्ने चाल पाएको पनि विनुले बताइन् ।
प्रदिपले आफुलाई छाडेको भन्ने पक्का भएपछि विनुले माइती पक्ष संग समस्या भएको जानकारी गराएपछी माइती पक्षको सल्लाहमा प्रहरी चौकी कालमिटीमा जवरजस्ती करणी गरेको भन्दै आफुले किटानी जारी गरेको बताइन् । किटानी जारी दिएको केहि दिन पछी तत्कालिन प्रहरी ईन्सपेक्टर सुरज कार्की र उनका भाई सुरेन्द्र कार्किले मुद्धा फिर्ता लिन भन्दै धम्किी दिएको आरोप पनि उनले लगाईन ् उनले भनिन् उनिहरु दुबै प्रदिपको मामा रहेछन् ।
आफुले मुद्धा फिर्ता नलिने अडान राखेको र आफुले काम गरेको कार्यालयमा आउने होटल तथा क्याफेमा बोलाउने डर देखाउने ,धम्की दिने गरेको आरोप पनि विनुले लगाइन् । त्यसैगरि काका ससुरा पवन कठायत र मामा ससुरा एवं इन्सपेक्टर सुरज कार्कीले बारम्बार भेट्ने उपचार खर्च दिने र अरु केहि पैसा दिने भन्दै मुद्धा फिर्ता लिन दवाब दिएको पनि उनले बताइन् ।
इन्सपेक्टर सुरज काकी बिहानको समयमा आफु बस्ने घरमा सादा पोसाकमा आएर पेस्तोल देखाउदै नमानेमा भाइलाई गाँजा केशमा फसाइदिने र बहिनी कलेज बाट घर नर्फकने धम्कि दिएको आरोप पनि पत्रकारहरु माझ लगाइन । बिबाह गराउने सर्तमा भाइबहिनी कोही पनी सुरक्षित नहुने भएपछी आफुले मुद्धा फिर्ता लिएको उनको दावि छ ।
केहि समय पछी बिबाह गर्ने भनेर ठिमीमा रहेको घरमा ल्याएर बुहारीको रुपमा राखेको भए पनि १ बर्ष वित्दा समेत बिबाह गर्ने कुरा नगरेपछी आफुले त्यसबारेमा कुरा गर्दा आफन्त बितेको छ भन्दै छल्ने गरेको पनि उनले बताइन । विवाह गरेको धरै समय घर बस्दा समेत बिबाह दर्ता नगरे पछि घटनालाई आफुले बाहिर ल्याउने अडान लिएपछि मात्र बिबाह दर्ता गराई दिएको पनि विनुले बताइन् । यो विचमा मलाई श्रीमान संग छुटाएर परिवारले ट्राफिक चोकमा रहेको आफनै होटलमा भाँड मझाएर काम गर्नै बैनि सँगै राख्यो र ब्यवहार पनि त्यस्तै गर्यो ।
जुन बेला मैले मेरा काका ससुरा पवन कठाएतबाट अपमानित मात्र नभएर यौन हिंसाको समेत सिकार हुनु परयो । पारिवारीक मिलेमतोमा स्थानिय चिकित्सक केशब धामि समेतको सहयोगमा मलाई मानसिक रोगिको विल्ला भिराउने सम्मको काम भएको पनि उनले आरोप लगाईन् । उनले मलाई मेरो परिबारका सदस्यहरुले गरेका अपमान र अमानविय घटना दर्जन भन्दा बढि रहेको र जसलाई आफुले प्रमाणका रुपमा देखाउन सक्ने ठोकुवा समेत गरिन् ।
यस अघि पनि विभिन्न संचारमाध्यम र सामाजिक संजालहरुमा समेत उनका अबस्थाका बारेमा सार्बजनिक भई सकेको छ । उनले परिवार बाट पाएको पटक पटकको यातनाका बारेमा बृद्ध बुढा ससुरा देखि आफनो ससुरा र काका ससुरा समेत मुख्य दोषि रहेको पनि आरोप लगाएकि छिन् । उनले आफु माथि भएको अन्यायका बारेमा स्थानिय सरकार र प्रशासन समक्ष पनि हार गुहार गरि सकेकि छिन् । मुद्धा अदालत सम्म पुगेको हुँदा आफुहरुले यस बारेमा बोल्न नमिल्ने र आफुहरुको रोहबरमा कसैले पनि उनको अपमान नगरेको भन्दै रामेछापका प्रहरी प्रमुख नबराज ढुँगाना पन्छिए ।
तर बिनु भने दुईपक्ष विच छलफल गराउने नाममा प्रहरीको रोहबरमा आफना मामा ससुरा सुरेन्द्र कार्कि र उनको समुहले गाली गलोज र अपमान गर्दा ईन्सपेक्टर उल्टै हासेर बसेको गुनासो पनि उनले गरिन् ।
उता उनका काका ससुरा पवन कठायतले विनुले लगाएको आरोपमा कुनै सत्यता नरहेको दावि गरे । उनले भने हामिले बुहारीको रुपमा स्वीकारेर घरमा राखेको मानिसबाट यो किसिमको हर्कत होला भनेर कल्पना सम्म गरेका थिएनौ । हामि आफनो ब्यवसाय गरेर बसेको धार्मिक परिवारलाई लगाएको यो खालको आरोपले उल्टै हाम्रो परिबारको बद्नाम भएको भन्दै,विनु नियतनै खराब रहेको महिला भएको ठोकुवा गरे ।
अर्का आरोपित मामा ससुरा भनिएका सुरेन्द्र कार्किले पनि विनुको सबै जसो आरोप पुर्वाग्रहि भएको बताए । उनले लगाएका कुनै पनि आरोपमा आफुहरु जोडिनै नसक्ने र उनको आरोपमा बद्लाको भाब मात्र रहेको पनि उनले प्रष्ट्याए । त्यस्तो खराब सोच र चिन्तन भएको मान्छेले लगाएको आरोपका कारण आफुहरुको उल्टै अपमान भएको छ कार्किले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...