लैङ्गिक हिंसा विरुद्ध रामेछापमा को जनचेतनामूलक नाटक

Written by meropradesh creator

२१ मंसिर २०८०, बिहीबार

रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा रामेछाप नगरपालिकाले जनचेतना मूलक नाटक प्रदर्शन गरेको छ । लैङ्गिक हिंसा सम्बन्धी नाटक मार्फत जनचेतना मूलक सन्देश प्रवाह नगरपालिकाले दिएको छ । मङ्सिर ९ गते देखी सुरु भएको अभियान अन्तर्गत आज (बिहीबार)नगरपालिकाको कार्यालय अगाडी सडक नाटक प्रदर्शन गरिएको हो ।

नगरपालिकाले आर.बि.पी.डब्ल्यु रामेछाप र समाजसेवा जागृति महिला समूहसँगको सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको छ । आर.बि.पी.डब्ल्यु रामेछाप र समाजसेवा जागृति महिला समूहका कलाकारहरूले लैङ्गिक हिंसा, महिला हिंसा, घरेलु हिंसा र पछिल्लो समय बढिरहेको प्रविधिसँग सम्बन्धित हिंसाहरूको बारेमा जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खडका कार्कीले पछिल्लो समय महिला मात्रै नभएर पुरुषहरू पनि हिंसामा परिरहेको बताएकी छिन् । महिला पुरुष जो जसले हिंसा सहेर बसिरहेका छन् उनीहरूलाई हिंसा सहेर नबस्न समन्वय प्रमुख कार्कीले बताइन् । समन्वय प्रमुख कार्कीले भनिन्“ पुरुष बाट मात्र महिला लाई हिंसा हुन्छ भन्ने हुन्न ।महिला बाट धेरै पुरुष पनि हिंसामा परेका छन् । त्यस कारण हामी आफै यस विषयमा बढी जिम्मेवारी हुन पर्छ । हिंसा सहन पनि हुन्न । हिंसा गर्न पनि हुन्न । यो अपराध हो हिंसा सहने पनि गर्ने पनि समन्वय प्रमुख खड्काले भनिन् ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले लैङ्गिक हिंसा अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्ने बताइन् । उपप्रमुख कार्कीले १६ दिने अभियान भरी मात्रै नभई वर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्न सके मात्रै हिंसा अन्त्य हुने बताइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...