कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु, १५ जनाको आइसियुमा उपचार

१ भाद्र २०८२, आईतवार

काठमाडौँ, १ भदौ । वैदेशिक रोजगारीका लागि कुवेतमा कार्यरत ११ जना नेपाली श्रमिकको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार विषाक्त मदिरा सेवन गरेर अस्पतालमा भर्ना भएका ४० जना नेपालीमध्ये हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्।

दूतावासले मृत्यु भएका १० जनाको नाम–ठेगाना पुष्टि भए पनि परिवारको आग्रहअनुसार विवरण सार्वजनिक नगरिएको जनाएको छ। मृतकहरू २२ देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् र उनीहरू उत्पादन तथा सेवा कम्पनीमा एक वर्षदेखि पाँच–छ वर्षसम्म कार्यरत थिए।

अस्पतालमा भर्ना भएकामध्ये १५ जना आइसियुमा छन् भने १३–१४ जना सामान्य अवस्थामा उपचाररत छन्। केहीलाई डिस्चार्ज पनि गरिएको दूतावासले जनाएको छ। प्रारम्भिक रिपोर्टअनुसार सेवन गरिएको मदिरामा मेथानोल भेटिएको र त्यसकै कारण मृत्यु भएको हुनसक्ने देखिएको छ।

श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार आइसियुमा रहेका धेरैजना खतरामुक्त भइसकेका छन् तर केहीको अवस्था अझै गम्भीर छ। उनले आदान, फर्वनिया र मुबारक अलकबीललगायतका अस्पतालमा उपचार भइरहेको र अस्पतालहरूले पूर्ण निको बनाएर मात्रै पठाउने प्रतिबद्धता जनाएको जानकारी दिए।

दूतावासले मृत्यु भएका नेपाली श्रमिकका शव नेपाल पठाउने तयारी सुरु गरेको छ। यसका लागि परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग र श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डसँग समन्वय भइरहेको श्रम सहचारी आचार्यले बताए।

उनका अनुसार मृतकका परिवारसँग नियमित सम्पर्क भइरहेको छ भने बिरामी भएर निको भएका नेपालीहरूको भनाइअनुसार मदिरा साथीमार्फत पिउने गरेका थिए। यो घटना एकैपटक नभई फरक–फरक स्थान र समयमा भएको भए पनि मदिरा भने एउटै स्रोतबाट उत्पादन भएको अनुमान गरिएको छ। यसबारे स्थानीय निकायले अनुसन्धान थालेको दूतावासले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...