कुनै पनी तहको चुनाब लड्दिन पार्टीलाई जिताउन लाग्छु ः सभापती कान्छाराम

Written by meropradesh creator

१६ कार्तिक २०७८, मंगलवार

रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापती पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अब हुने निर्वाचनमा आफु कुनै पनी तहको चुनाब नलड्ने बताएका छन् । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै कांग्रेस सभापती तामाङले पार्टीलाई जिताउनको लागी आफु कुनैपनी तहको चुनाब नलड्ने बताएका हुन् । सभापती तामाङले पार्टीलाई जिताउन आफु आउने स्थानिय, प्रदेश, र संघिय निर्वाचनमा नलडने बताउदै पार्टीका उमेरद्वारहरु जिताउन लागी पर्ने र पार्टीलाई एक ढिका बनाएर अगाडी बढ्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नि वर्तमान सभापती लबश्री न्यौपाने, उपसभापती लेख बहादुर कार्की, सचिबहरु बिनोद कार्की, दिपक खड्का, सहसचिब धुर्ब चौलागाई, महाधिबेसन प्रतिनिधी गंगा अधिकारी, केशब प्रसाद चालीसे, रत्नहरी ढुङ्गेल क्षेत्रीय सभापती निरोज खड्का लगाएतले बोल्दै आगामी निर्वाचनमा रामेछापका ८ पालिका, दुई प्रदेश सभा र एक प्रतिनिधिसभामा आफ्ना उम्मेदवारहरुले जित्ने दावी गरेका छन् । नेपाली काँग्रेस कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेस रामेछापका नेताहरुले अबको ४ महिना भित्रै हुने स्थानीय तको निर्वाचन र एक वर्ष भित्र हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारले जित्ने दावी गरेका हुन् ।
नेताहरुले पार्टीको आन्तारिक चुनावमा विभिन्न समूह बनाएर चुनाव लडेको भएपनि त्यसपछि आफूहरु सबै एउटै मोर्चामा भएको बताउँदै आगामी निर्वाचनमा पार्टीलाई जिताउन एक भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।  गाउँपालिका सभापती मणीकुमार लामाको अध्यक्षतामा भएको शुभकामना आदनप्रर्दान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १५० जना भन्दा बढी युबाहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । उनिहरुलाई पार्टीका नेताहरुले पार्टीमा खादा माला लगाएर स्वागत गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...