कुनै पनि कुराको प्रहरीलाई अभाव हुन दिन्नः मन्त्री जम्मरकट्टेल

Written by meropradesh creator

१५ मंसिर २०७७, सोमबार

रामेछाप १५ मंङ्सिर

रामेछापको दोरम्बा गाउँपालिकामा नबनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून  मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश भरका सुरक्षा निकायहरुलाई कुनै पनि कुराकोे अभाव हुन नदिने बताउनु भएको छ ।

उहाँले गाउँमा कुनै पनि घट्ना घट्न नदिन प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रहरीलाई चाहिने भौतिक पूर्बाधार लगाएत जनशक्ति एबं प्रशासनिक समाग्रिका लागि प्रदेश सरकार जुनसुकै वेला तयार रहेको बताउनुभयो ।

सो कुरा उहाले  दोरम्बा गाँउपालिकाको दोरम्बा बजारमा नबनिर्मित प्रहरी चौकी को कार्यालय, ब्यारेक र शौचालय भवनहरुको उद्घाटनका क्रममा बताउनु भएको हो ।

उहाले धेरै प्रहरी चौकीहरु भाडामा बसेको, प्रहरी चौकीहरुको स्थायी संरचना नहुनदा सेवा प्रवाहमा कठिनाइ भैरहेको अबस्थालाई मध्यनजर गर्दै यस्ता भवनहरुले नागरिकहरुको शान्ति सुरक्षा मजबुद बनाई अपराधिक कृयाकलाप हुन नदिनका लागि सहज हुने बताउनुभयो ।

आइतबार दोरम्बामा भवन उत्घाटन पछि मन्त्रि जम्कट्टेल बिकास, सुशासन ,सुरक्षा तथा स्थायित्वका लागि सुरक्षा निकाएको महत्त्वपूर्ण भुमिका रहने भन्दै आगमी बर्षमा बजेट विनियोजन गर्दा नितिगत रुपमा नै सुरक्षा निकायका लागि बजेट छुट्याउन आग्रह गरे ।

त्यसैगरि सुरक्षा निकायलाई कुनैपनि किसिमको अभाव हुन नदिने अठोट समेत मन्त्री जम्कट्टेलले व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त कुमार लामाले यश क्षेत्रका विभिन्न किसिमका समस्याहरुको निराकरण गर्ने बेथितिहरुलाई संचाउदै विकासका काममा सहकार्य गर्न तयार रहेको बताए ।

यसैगरि उहाँका नागरिकको आवस्यकता , पिर मार्का र समस्या समाधान गर्ने काममा प्रतिबद्ध रहेको बताउदै शान्ति सुरक्षा कायम गर्नेकाममा सबै पक्षको सहयोगको अपेक्षा रहेका बताएका छन् । मन्त्री जम्कट्टेलले समाजमा हुने बेथिति र बिसंगतिलाई पनि प्रहरीले नै हटाउन सक्ने भएकोले त्यसका लागि सम्बन्धीत पालिका र वडा को सहयोगको खाचो हुँने हुँदा सम्बन्धीत निकायहरुलाई  सहयोग गर्नपनि आग्रह गर्नुभयो ।

मूल्य अभिबृद्धि कर सहित २ करोड ३५ लाख ९० हजार ७१ रुपैयाको लागतमा  उक्त भवन निर्माण भएको थियो ।

सो अबसरमा प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख बसन्त पाठक र दोरम्बा गाउपालिका वडा नं–२ का वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले आ–आफ्नो भनाई राख्दै नब निर्मित भवनले सेवा प्रवाहमा सहजता आउने बताउनुभयो  ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...