काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कुमारमणि थपलिया र नरेन्द्रदेव भट्टलाई नियुक्ती दिएका छन् । मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णयमार्फत उनीहरूलाई आगामी तीन वर्षका लागि बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।
शुक्रबार थपलिया र भट्टलाई नियुक्तिपत्र प्रदान गरिएको छ । बोर्डका यस अघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि गत फागुन ६ गते सकिएको थियो । थपलिया नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष हुन भने भट्ट हेरिटेज टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक हुन् । बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









